परिवर्तनका लागि सहकार्य नेपाल संस्थाबाट चेपाङ बालबालिकालाई राहत वितरण

सोमबार CAN को Schoolarship Distribution & Covid Relief Support Program बाट राक्सिराङ्ग गाउँपालिका वडा न ८ का चेपाङ बालबालिकालाई एक कक्षा देखि १२ कक्षा सम्मको कापी, कलम, झोला, चामल सहित १० जना बालबालिकालाई रु १०००० बराबरको सामग्री र र नगद रु ५००० सहित १५००० हजार बराबरको समान वितरण गरिएको समाजसेवी रोमिला घलेले बताउनुभयो ।निषेधाज्ञा लम्बिँदै गएपछि विपन्न परिवारमा परेको खाद्य संकट टार्न आफुले सहयोग जुटाइएको रोमिला घलेले बताए । घलेको पहलमा धेरै चेपाङ समुदायको लागी धेरै क्षेत्रमा काम गर्दै आईरहेको र पहिलो लकडाउनको समयमा पनि धेरै ज्याला मजदुर गरेर खाने परिवारलाई सहयोग गरेका थिए ।उक्त राहत वितरणकार्यक्रम मनहरी गाउँपालिका वडा ७ का वडा अध्यक्ष ठाकुरराम तितुङको सहजीकरणमा वितरण गरिएको थियो । निरन्तरको निषेधाज्ञाका कारण मनहरी गाउँपालिकाका बालबालिका अध्ययन गर्न नपाएको र चेपाङ बालबालिकाहरूलाई धेरै नै आर्थिक संकट रहेको छ । दैनिक ज्याला मजदुरी गरि खानेलाई काम अभाव भएसँगै खाद्य अभाव देखिन थालेको हो । धेरै गाउँ घरमा गरिबीका कारणले अध्यन गर्न नपाएको र भोकमरीको चपेटामा आफ्नो जीवन जङ्गलको गिठ्ठाको सहारामा गुजारा चलाइरहेको हुँदा चेपाङ बालबालिकालाई आफ्नो जीवन चलाउन मुस्किल परेको साथै यो समयमा सबै जना एक जुट भएर नहुनेलाई हुनेले सयोग गर्नु पर्ने स्थानीय अगुवा तथा समाजसेवि मिथुन प्रजाले बताए ।

प्रतिक्रिया