मुख्य समाचार

संविधान र लोकतन्त्रलाई कुलीन वा तरमारा वर्गको पञ्जाबाट मुक्त गरौं

तरमारा वर्ग भारतीय सर्वोच्च अदालतले आरक्षण सम्बन्धी विवादका सम्बन्धमा परेको एक चर्चित मुद्दामा प्रतिपादन गरेको नजिरमा उल्लिखित क्रिमिलेयर भन्ने अंग्रेजी शब्दको नेपाली रूपान्तरण हो । यो रूपान्तरण पनि नेपालमा त्यस्तै विवादका सम्बन्धमा परेको मुद्दामा सर्वोच्च अदालतको नजिरबाट उद्धरण गरिएको हो । क्रिमिलेयरको अर्थबोध हुने हुबहु अर्को शब्द संभवतः उपयुक्त नभएकै कारणले सर्वोच्च अदालतले तरमारा भन्ने शब्द प्रयोग गरेको हुनुपर्दछ । हाम्रो सर्वोच्च अदालतले तरमारा वर्गको सम्बन्धमा निकालेको यो गम्भीर निष्कर्षमा अभिव्यक्त यो हरफ ध्यानपूर्वक पढौं त- “सकारात्मक विभेदको व्यवस्था शासन व्यवस्थामा हालीमुहाली गर्ने मध्यम वर्गीय भासमा पर्ने र पछौटेपनको नाममा तरमारा वर्गले राज्यद्वारा प्रदान गरिएको सुविधाको अनवरत दोहन गर्ने र इतिहासलाई भजाएर योग्यता र क्षमतालाई सदा दुत्कार्ने स्थिति बन्छ, जुन लोकतन्त्र, विधिको शासन र मानवअधिकारको दृष्टिबाट समेत उचित नहुने ।”