लुज नेटवर्कको रुपमा स्थापित नेपाल मताधिकार मञ्चमा सिमान्तकृत समुदायको सामाजिक न्याय, आर्थिक ससत्तिकरण लैगिंक समानता र समता, अधिकारको क्षेत्रमा क्रियाशील करिब ३ दर्जन नागरीक संघसंस्थाहरु सदस्य संस्थाको रुपमा जोडिएका छन् । मञ्च सन २०१७ फरवरी २२ मा लुज नेटवर्कको रुपमा स्थापना भएको हो । मञ्चले मतदाता शिक्षामा नागरिक र राजनीतिक अधिकारको सुनिश्चितताका लागि नीतिगत वकालत, पैरवी र शसक्तीकरणका कार्यहरु गर्दै आईरहेको छ ।