दलित यूवा नेता सुनारको नयाँ चरणको आन्दोलनको घोषणा

हामी भोकाएको बाघ भएर झन् मजबुत भएर आउने छौं ।

काठमाडौँ, ८माघ– दलित यूवा नेता खगेन्द्र्र सुनारले नयाँ चरणको आन्दोलन छिटै घोषणा हुने जानकारी दिनु भएको छ ।  रिपोट्र्सक्लब भृकुटीमण्डपमा एक पत्रकार भेटघाट गरी उत्त आन्दोलनको बारेमा जानकारी दिनुभएको हो । दलित यूवा नेता खगेन्द्र सुनार द लितका लागि दलित अभियानका प्रमुख हुनुहुन्छ ।
दलित युवा नेता सुनारले हातखुट्टामा नेल लगाएर माइतीघर मण्डलामा ’दलितलाई खै’ को ब्यानरमा ४५ दिनसम्म धर्ना दिएर सडक सङ्घर्ष गरी दलित जागरणको इतिहासमा सबैभन्दा धेरै मान्छे काठमाडौँ बोलाएर रेकर्ड राख्नुभएको थियो । 

४५ दिनको लामो संघर्षपछि असोज ३ गते संविधान दिवसमा भव्य कार्यक्रम गरी  सुनारले अर्को चरणको आन्दोलनको घोषणा गर्ने जानकारी दिनुभएको थियो । पछिल्लो पत्रकार भेटघाट कार्यक्रम मार्फत दलित अभियानका प्रमुख खगेन्द्र सुनारले २०८२ असोज ३ गते संविधान दिवसको दिन वार कि पारको लडाई हुने बताउनुभएको छ ।
अबको आन्दोलन निर्वाचन आयोग घेर्नेदेखि सिंहदरबार हुँदै राष्ट्रपति भवन शितल निवाससम्म नेल लगाएर नै पुग्ने उद्घोघोष गर्नुभएको छ ।
अहिले एक सुत्रीय माग संविधान प्रदत्त दलितको हक सुनिश्चित गर भन्ने नै हो, उहाँले भन्नुभयो । 

सुनारले पत्रकार सम्मेलन मार्फत १४ प्रतिशत दलितको हक र अधिकारको सुनिश्चितताको माग राखेर सातै प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा धर्ना दिने र आफ्नो माग सुनाउने घोषणा पनि गर्नुभएको छ । भर्खरै गठित भूमि आयोगमा दलितको प्रतिनिधित्व शून्य भएको स्थितिले सरकार अझै दलितलाई हेप्ने चेप्ने र अवसरबाट वन्चित गर्ने नियत राखेर प्रस्तुत भएको देखिन्छ, उहाँले भन्नुभयो, 

पार्टीमा लागेका दलितहरूप्रति आक्रोशित हुँदै सुनारले, “हामी नेल बोकेर सडकमा छौं तर पार्टीमा लागेका दलित नेताहरू तेल बोकेर नेताको खुट्टा मोल्न अभ्यस्त छन्, दलितलाई दलित नै बनाइ राख्ने प्रपन्चमा सहयोगी बनेर बसेका छन् ” भन्नुभयो । 
दलितहरू जो जो जुन जुन निकायमा प्रतिनिधित्व गरेका छन् तिनीहरू दलित भएको कारण भएका हुन्, दलित भएको दलितको पीर र मुद्दा भएको कारण उनीहरू कोटाबाट त्यहाँ पुगेका हुन् त्यसैले उनीहरूको प्रथम  दायित्व दलितप्रति हुनुपर्छ कि पार्टीहरूका दलित सङ्गठन गुलामहरूका लागि ? उहाँले प्रश्न गर्नुभयो । 

उहाँले दलितका नेताहरू तेल बोकेर आफ्ना नेताको खुट्टामा लाउ कि हातमा लाउ कि ढाडमा लाउँ भनेर हिडेको आरोप लगाउनुभयो । तेल लगाउने अभियान हिडेकाहरु धेरै टिक्दैनन् दलितहरू अपहेलित भएर पार्टी भित्र बसेका छन्, अब उनीहरूले मुख खोल्नु पर्छ पार्टीमा लागेका दलितहरूले अब बोलाएर मलामी त आउँदैनन् आन्दोलनको लागि को आउला र ? त्यसैले आन्दोलन हामी गर्छौ सबैको न्यायको लागि आन्दोलन हुन्छ  दलितलाई खै त्यही आन्दोलनको श्लोगन हो , उहाँले भन्नुभयो । 

अब हामी सडकमा आउँदै छौं महत्वपूर्ण सरकारी अड्डाको गेटदेखि उच्च पदस्तको बेडसम्म दलितलाई खै भन्दै  प्रश्न गर्न आउने छौं, उहाँले भन्नुभयो, स्मरण रहोस, 
“घडी भन्दा बढी हत्कडी लाएर आएका मान्छे हौ जस्तो मुद्दा र राज्यको दमन पनि खप्न तयार छौं, अब हरेक गाउँ र बस्तीमा दलितलाई खै भनेर हामी पुग्छौ । हामी भोकाएको बाघ भएर झन् मजबुत भएर आउने छौं । हामी बन्दुक लिएर सिंह दरबार पस्न पनि तयार छौं र त्यसका लागि आजीवन जेल बस्न पनि तयार छौ ” । 
 

प्रतिक्रिया