२४ चैत्र २०८१ , सोमवार

मुख्य समाचार

धारिलो हतियार प्रहार गरेर बूढानीलकण्ठमा एक महिलाको हत्या

१६ साउन, काठमाडौं । बूढानीलकण्ठ नगरपालिका–४, भसन्थलीमा एक जना महिलाको हत्या भएको छ । धारिलो हतियार प्रहार गरेर सप्तरीकी २८ वर्षीया अनिता चौधरीको हत्या भएको हो । जिल्ला प्रहरी परिसर, काठमाडौंले हत्यामा संलग्न रहेको आरोपमा बूढानीलकण्ठ बस्ने ५२ वर्षीय गौरासिंह बोहरालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार, आइतबार राति चौधरीमाथि धारिलो हतियार प्रहार भएको थियो ।