मुक्त कमलहरीका समस्या उस्तै , सरकार मौन
रुपनी भन्छिन् – “हामीहरुको क्षमता भएपनी कमलहरी हुन् । के गर्न सक्लान र ? के जान्लान र ? हामीलाई हेर्ने दृष्टिकोणमा फरक छ । अन्तर्वाता हुन्छ तर फालीन्छौँ । जागीरका लागि जहाँ आवेदन दिएपनि नाम निक्लीदैन । विभेदको दृष्टिकोणले हेर्ने गर्नाले हामी अगाडि बढ्न सकेका छैनौँ । ”
उनले थपीन – “सरकारले हामीलाई छात्रबृत्ती त दियो । तर त्यो पैसाले हामीलाई पढ्ने खर्च नै पुगेन । बुवा आमाले लेवर काम गरेर दिएको पैसा र एफएनसी सस्ंथाको सहयोगमा पढाईलाई निरन्तरता दिए । स्नातक तह सम्म पढे । घरको आर्थीक अवस्थाले त्यो भन्दा अगाडि बढ्न सकिन ।”
मुक्त कमलहरीहरुका लागि रोजगारको ब्यवस्था पनी सरकारले नै गर्नुपर्ने उनको माग छ । सरकारले जागीर नदिएपनि विभीन्न सिपमुलक तालीम दिएर आयआर्जनको स्रोतमा जोडिदिनुपर्ने उनको माग छ । रुपनीले आफुहरुका लागि कोटाको ब्यवस्था गरीदिनुपर्ने बताईन् ।
यस्तै घोराहि १० कि मुक्त कमलहरी सिमा चौधरी पनी स्नातक तह सम्म पढेकि छिन् । सरकारले दिएको छात्रबृत्ती र बुवाले लेवर काम गरेर कमाएको पैसाले उनी स्नातक तह सम्म पढिन् । तर पढेको खर्च उठाउँन जागीर छैन । जागीर पाउँने आसमा सीएमए पनी पढिन् । तर कहि कतै काम पाइनन् ।
“कुनै मेडिकलमा पाएपनि सोचे जस्तो तलव नै हुदैन । सठिपिकेट घरमै राखेर वेरोजगार भएर बस्नु परेको छ । जहा फम भरेपनि सोर्स हुनेहरु नै जागीर खाने गर्छन् ।” सिमाले दुखेसो पोखीन ।
पढाईका लागि आलटाल गरेर छात्रबृत्तीको नाममा खर्च नपुग्ने पैसा दिनुभन्दा उधमी बन्नका लागि सिपमुलक कार्यक्रम ल्याउँनुपर्ने उनले बताईन् । “ नत घर छ नत जागीर अव मुक्त कमलहरीहरुका लागि रोजगार सरकारले नै दिनुपर्छ ।” उनले भनीन् ।
यी त उदाहरणिय पात्र मात्र भए । यी यस्ता कैयौँ मुक्त कमलहरी वेराजगार भएर दुःख पुर्ण जिवन बाँचिरहेका छन् । २०७० सालमा सरकारले कमलहरी मुक्त घोषणा गरेपनि कमलहरीका दुःख उस्तै छन् ।
प्रतिक्रिया