काठमाडौं । पशुपतिमा आयोजित कोटीहोम महायज्ञमा आचार्य कृष्ण दमाईले ब्यासबाट सम्बोधन गरेका छन् । कोटीहोममा ब्यासमा आसिन हुने उनी दलित समुदायका पहिलो व्यक्ति हुन् । दमाईलाई समारोहमा भव्य स्वागत र सम्मान गरिएको थियो । सम्बोधनको सुरुवातमा उनले आफूलाई यो स्थानसम्म पुर्याउने गुरुहरुलाई धन्यवाद दिए । दलित समुदायमा जन्मेर पनि कसरी संस्कृत शिक्षामार्फत आकर्षित भए भन्ने उनले वर्णन गरे । मलाई यो क्षेत्रमा पुर्याउने गुरुहरुप्रति आभार प्रकट गर्न चाहन्छु । एउट सुद्र भएर संस्कृत साहित्यलगायत अन्य कर्महरुमा मलाई समावेश गराउने आदरणीय गुरुहरुमा नमन गर्छु । मानिसले स्वर्ग जानुपर्छ भन्छन्, तर मेरो लागि त नेपाल राष्ट्रको राष्ट्रदेव पशुपति देवको चरणमा स्वर्गको महसुस भएको छ । मैले स्वर्ग प्राप्त गरेको छु ।