दलित समुदायका पिएचडी स्कलरहरूको छलफल सम्पन्न

दलित समुदायको समग्र हित हक अधिकार र मर्यादाको लागि एक भएर लड्नु पर्नेमा एकैवद्द्ता

काठमाडौँ

 बागबजारको हार्दिक होटेलमा शनिबार वैशाख २९ गते दलित समुदायका वौद्धिक व्यक्तित्वहरू बिच एक छलफल र अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ l 

दलित समुदायबाट विद्यावारिधी सम्पन्न गर्ने र सो तह अध्ययन गरिरहेका अनुसन्धाताहरूले शासकहरूको अर्कमन्यताको कारण सृजित राष्ट्र र त्यस भित्र दलित समुदायको दयनीय अवस्थाप्रति असन्तुष्टि व्यक्त गरेका छन । दलित समुदायको समग्र हित हक अधिकार र मर्यादाको लागि एक भएर लड्नु पर्नेमा एकैवद्द्ता जाहेर गरेका छन् l 

पूर्व राजदूत डा. निर्मल विश्वकर्माको संयोजनमा  र समाजिक अभियन्ता राजेश नेपालीको व्यवस्थापनमा सम्पन्न सो कार्यक्रमममा डा. दिनेश चमार, डा. मदन परियार, डा. निर्मल विश्वकर्मा, डा. मित्र परियार, डा. याम किसान, डा. रोसन गोर्खाली, डा. चेत परियार, डा. पुर्ण नेपाली, डा. गङ्गाराम विश्वकर्मा, डा. कृपाराम विश्वकर्मा,  र विद्यावारिधि अनुसन्धान गरिरहेका पिएचडी स्कलरहरू तारा विश्वकर्मा, पुस्पा सुनार, गणेश विश्वकर्मा, परशुराम रमतेल, सुधिरमान विके, अर्जुन विके, भिम विकेलगायतको उपस्थितिमा विस्तृत छलफल भएको थियो l 
विज्ञहरू  कुनै जाति र समुदाय विशेषको हुदैनन् र उनेहरूको समग्र राष्ट्र निर्माणमा योगदान हुन्छ तर पनि दलित समुदाय एतिहासिक रूपले विभेदमा परेको समुदाय भएको र जटिलताका बीच शिक्षा क्षेत्रको उच्च तह पार गर्ने यो समुदायको व्यत्तित्वहरूबीच वौद्धिक छलफल, वर्तमान परिस्थितिलाई हेर्ने दृष्टिकोण, समाजको विषमता र दलित समुदायको उन्नतिका लागि उनिहरूको योगदान महत्वपूर्ण हुने हुनाले नेपालमा प्रथम पटक यस्तो छलफल आयोजना गरिएको डा. निर्मल विश्वकर्माले जानकारी दिएका छन् । 

 सो छलफलमा विद्यावारिधी सम्पन्न गर्दा र अध्ययन गरिरँहदाको अनुभव आदान प्रदान, राष्टको हालको राजनीतिक अवस्था, वर्तमान राज्य सत्ता र राजनीतिक पार्टीहरूको चरित्र, दलित समुदायको वर्तमान अवस्था, दलित मुक्ती आन्दोलनको अवस्था, दलित मुक्ती आन्दोलनमा गैर दलितको भूमिका र दलित विज्ञहरूको योगदान आदि पक्षमा छलफल भएको सामाजिक अभियन्ता डा. मित्र परियारले बताएका छन् l 

दलित समुदाय एतिहासिक रूपले विभेदमा परेको र हालसम्म पनि यो समुदायको अवस्था सामान्य मानवीय स्तरमा नरहेकोले राजनीतिक नेतृत्व र नागरिक अगुवालगायत सबैलाइ यो समुदायको मुद्धालाइ नजरअन्दाज नगर्न र यो समुदायप्रति सम्वेदनशील भैदिन यो छलफलले आग्रह गरेको छ । साथै यो समुदायले आफुमाथि भएको अत्याचार विरुद्ध आवाज उठाउदा दलित समुदायका नेतृत्व र अभियन्तामाथि जातीय आरोप लगाउनु उचित नभएको तर्फ पनि सबैको ध्यानाकृष्ट गराएका  छन् l  
दलित समुदायमाथि भैरहेको वहिष्करण र यसले सृजना गरेको निरिह अवस्था यो समुदायको मात्र समस्या नभइ राष्ट्कै समस्या भएकोले राज्यले उनीहरूको पूर्ण समानुपातिक प्रतिनिधित्व, जमिनमा हिस्सेदारी, निशुल्क शिक्षा र स्वास्थ्यको सुनिश्चिता गर्न माग गरेको छ । 
वर्तमान सरकार निर्माण हुँदा १४ प्रतिशत जनसँख्या ओगटेको यो समुदायको प्रतिनिधित्व वीहिन बनाइ सिङ्गो  समुदायलाइ अपमान गरेको र मन्त्री मण्डल दलित निषेधित गरेकोमा यसलाइ सच्याउनु पर्ने, सच्याउन दवाब  सिर्जना गर्नुपर्ने  निष्कर्ष पनि यो छलफलले निकालेको छ । 

दलितहरू राज्यकै कारण वर्षौदेखि भूमिहीन भएको र हालसम्म गठन गरिएका भूमि आयोगको कार्य, अहिले पनि लाखौ दलित दर्ता प्रकृयाबाट छोडिएकोले दलितहरू फेरिपनि अधिकारबाट बञ्चित हुने देखिएकोले सरकार र भूमि आयोगलाई  संवेदनशील  हुन आग्रह गरिएको छ । 
सो छलफलले दीर्घकालिन जातीय मुक्तिका लागि नेपाली समाजको ऐतिहासिक परिवेश, जातीय संरचना अन्तरद्धन्द र अन्तरशर्घँषमा आधारित वैकल्पिक विचारको आवश्यकता र सम्भावनाका वारेमा व्यापक छलफल गरेको र सो कार्यमा योगदान यो समूहले मात्र गर्न सक्ने तर यसका लागि निरन्तर छलफल र वहस गर्नु पर्ने तथ्यमा सहमति भएको पिएचडी स्कलर तारा विश्वकर्माले जानकारी गराए । 

यसका साथै दलित समुदायको मूक्त्तिका लागि नीतिगत परिवर्तननै अहिलेका आवश्यक्ता रहेकोले नीतिगत वकालत र नीतिगत तहमा यो समुदायको पहुच वृद्धि गर्न योगदान पुर्याउनु पर्ने दखिन्छ साथै यो समुदायमा रहेका आन्तरिक विभेद हटाउन, दलित समुदायमा राजनीतिक चेतना अभिवृद्धि गर्ने, जातीय मुक्तिका लागि उभारमा आएका वैकत्पिक दलित आन्दोलनलाई एकीकृत गर्ने, वैकल्पिक शक्ति निर्माण गर्ने, सहकार्य र गठवन्धन निर्माण गरेर अगाडि बढने कुरालाइ जोड दिनु पर्ने तथ्यमा सहमति भएको सहभागीहरूले जानकारी गराएका छन् l

छलफलका संयोजन गरिरहेका डा. निर्मल विश्वकर्मा यो छलफलले सकारात्मक ऊर्जा प्रदान गरेको र सुस्ताएको दलित आन्दोलनलाई वौद्धिक खुराक दिने र दिशाबोध गर्नेतर्फ उन्मुख भएकोमा खुशी व्यक्त गरे  l निरन्तर छलफल,बहस र विमर्शबाट प्राप्त हुने ज्ञानले, सामाजिक जागरणको आन्दोलनको गतिले समाजको अन्धकार चिर्ने र उज्यालो छर्नेमा सहभागीहरू विश्वस्त देखिएका छन् l 

source: www.akabarey.com

प्रतिक्रिया