पहिलो प्रयासमै २०७२ मा कानुन सेवातर्फ शाखा अधिकृतमा नाम निकाल्न सफल विश्वदीप बेस्राको पहिलो ‘पोस्टिङ’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भयो, २०७७ मा उपसचिवमा बढुवा भएर सुदूरपश्चिम मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हुँदै आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा विगत तीन वर्षदेखि कार्यरत छन् भने उनी यस मन्त्रालयका प्रवक्ता पनि हुन् विराटनगर — लोपोन्मुख आदिवासी सन्थाल समुदायका विश्वदीप बेस्रा समुदायकै पहिलो उपसचिव हुन् । मूलतः पूर्वी नेपालको झापा, मोरङ र सुनसरीमा सन्थाल समुदायको बसोबास छ । करिब ५० हजार हाराहारी जनसंख्या रहेको सन्थाल समुदायबाट यत्तिको उच्च ओहदामा पुग्ने उनी पहिलो र एक्लो प्रतिनिधि हुन् । निरन्तरको मिहिनेत र परिश्रम गर्ने स्वभावले विश्वदीपलाई सफलताको शिखर चुम्न सहज भएको हो ।