समाज

स्थानीय तह बालविवाह अन्त्यका लागि रणनीति बनाउँदै

सल्यान। यहाँका स्थानीय तहले बालविवाह रोकथामका लागि रणनीतिक योजना बनाउन थालेका छन् । बालविवाहलाई सरकारले कानुनी रूपमा निषेध गरे पनि बालविवाह हुने क्रम रोकिएको छैन । बालविवाह बढेपछि अन्त्यका लागि रणनीति बनाउन लागेको स्थानीय तहले जनाएका छन् । १० स्थानीय तहमध्ये जिल्लमा तीन वटाले यही पुस १५ भित्र रणनीतिक योजना बनाइसक्ने गरी काम गरिरहेका छन् । शारदा नगरपालिका, कपुरकोट गाउँपालिका र त्रिवेणी गाउँपालिकाले रणनीति बनाउन लागेका हुन् ।