समाज

आगामी डिसेम्बर २८ मा न्यूयोर्कमा रमझम साँझ २०२४ कार्यक्रम हुदै

नेपाली अमेरकन कलाकार संघले अमेरिकाको न्यूयोर्कमा “रमझम साँझ २०२४” सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । नेपाली अमेरकन कलाकार संघले आगामी डिसेम्बर २८ का दिन रमझम साँझ २०२४ सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको पत्रकार भेटघाट कार्यक्रममार्फत  जानकारी गराएको हो ।  नेपाली कला संस्कृतिकको मौलिकता उजागर गर्न, अन्तराष्ट्रिय स्तरमा यसको छवि कायम गर्न, नेपाली कलाकाहरुको गरिमालाई अझ बढाउन उक्त कार्यक्रमको आयोजना गरिएको संघका वरिष्ठ उपाध्यक्ष विमल डाँगीले जानकारी गराउनुभयो ।