आगामी डिसेम्बर २८ मा न्यूयोर्कमा रमझम साँझ २०२४ कार्यक्रम हुदै

नेपाली अमेरकन कलाकार संघले अमेरिकाको न्यूयोर्कमा “रमझम साँझ २०२४” सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।

नेपाली अमेरकन कलाकार संघले आगामी डिसेम्बर २८ का दिन रमझम साँझ २०२४ सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको पत्रकार भेटघाट मार्फत  जानकारी गराएको हो । 

नेपाली कला संस्कृतिको मौलिकता उजागर गर्न, अन्तराष्ट्रिय स्तरमा यसको छवि कायम गर्न, नेपाली कलाकाहरुको गरिमालाई अझ बढाउन उक्त कार्यक्रमको आयोजना गरिएको संघका वरिष्ठ उपाध्यक्ष विमल डाँगीले जानकारी गराउनुभयो । 

संघले प्रदेशमा रहेका नेपालीहरुको कला भाषा संस्कृतिक भेष भुषा मार्फत मुलुकको पहिचान र प्रवद्र्धनमा सहयोग पुर्याउने उद्देश्यले उक्त कार्य गरेको जनाएको छ । उक्त कार्यक्रमले नेपाली आप्रवासीहरु मात्रै नभई अमेरिकी नागरिकहरुका लागि मनोरञ्जन प्रदान गर्ने अपेक्षा गरिएको छ ।

रमझ सांझ २०२४ राष्ट्रिय तथा अन्तराष्ट्रिय ख्याती प्राप्त दर्जन लोक दोहरी तथा आधुनिक गायक कलाकारहरुको नेपाली गीत संगीत र कलाको वेजोड प्रस्तुती रहने छ । कार्यक्रममा गायक राजेशपायल राई, राजन ठुकरी, सिर्जना विरही थापा, सहित नृत्य कलाकार तथा निर्देशक शंकर विसि शिव विके वावु थापा, उसा लामा, नृत्य तथा मोडल कलाकार रश्मी तामांग पार्वती राईहरु उपस्थिती तथा कला गला र सांस्कृतिक विविधतामा भरपुर प्रस्तुती सहित नृत्य प्रदर्शन गर्ने कार्यक्रहरु तय गरिएको संघका महासचिव संगिता थापाले बताउनुभयो । 

साथै उहाँले गत वर्ष यस्तै कार्यक्रम गरिएको र त्यसैको निरन्तरताका लागि अहिले नेपाली कला क्षेत्रका सर्जक ख्यातीप्राप्त कलाकारहरु लाई नेपालबाट ल्याएर सांस्कृतिक कार्यक्रम गर्न लागिएको बताउनुभयो । 

पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष बसन्ती राई निर्वतमान अध्यक्ष निसा सुनार, महासचिव संगिता थापा, लगाएतका संस्थाका पदाधिकारीहरु र विभिन्न कलाकार पत्रकारहरुको उपस्थिती रहेको थियो 

साढे सात बजेदेखी २ बजेसम्म गरिने रमझम साँझका लागि  रेगुलर ५० र विशिष्ट का लागि १०० डलर शुल्क पनि निर्धारण गरिएको  छ। 

अध्यक्ष राईले पत्रकार भेटघाट कार्यक्रममा रमझम साँझको आयोजना गर्न साकेला नृत्य प्रदर्शन र कौडा तथा सालैजो नृत्य प्रदर्शनको ठूलो सहयोगको रहेको पनि उल्लेख गर्नुभयो। संघले क्रिसम २०२४ तथा अग्रेजी नयाँ वर्ष २०२५को विशेष अवसरमा उक्त सांस्कृतिक कार्यक्रमको तयाारी गरेको हो । 

नेपाली अमेरिकन कलाकार संघ अमेरिकामा बस्दै आउनुभएका सम्पूर्ण नेपाली कलाकारहरुको साझा चौचारी हो । 

प्रतिक्रिया