काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) बाट २१ लाख ७६ हजार यात्रुले हवाई यात्रा गरेका छन् । त्रिभुवन विमानस्थलका अनुसार २०२४ जुलाईदेखि सेप्टेम्वरको बीचमा २१ लाख ७६ हजार १ सय २६ जनाले आन्तरिक तथा बाह्य रुटमा यात्रा गरेका हुन् । अन्तर्राष्ट्रियतर्फ तीन महिनामा ११ लाख ४० हजार २ सय ४२ जना यात्रुले यात्रा गरेका छन् । जसमध्ये ५ लाख ४६ हजार १ सय ५६ जना काठमाडौं विमानस्थलमा अवतरण गरेका छन् । काठमाडौंबाट ५ लाख ९४ हजार ८६ जना यात्रु उडेका छन् । तीन महिनामा काठमाडौंमा ८ हजार ३३ वटा उडान–अवतरण भएका छन् ।