कात्तिक १० गते । ललितपुरमा सञ्चालन भइरहेको पुष्प मेलामा फूल किन्नेको भिड लागेको छ । ललितपुरको जावलाखेलमा रहेको खेल मैदानमा बिहीबारदेखि सुरु भएको तिहारलक्षित पुष्प मेलामा फूल प्रेमीहरूको भिड लागेको हो ।
फ्लोरिकल्चर एसोसिएसन नेपालले १७औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८१ नामक पुष्प मेला आयोजना गरेको हो । उक्त मेलामा एकै ठाउँमा एक सय भन्दा धेरै प्रजातिका फूल पाइने आयोजकले जनाएको छ । प्रदर्शनीमा ५० रुपैयाँदेखि १५ हजार रुपैयाँसम्म पर्ने फूल बिक्रीमा राखिएको छ। प्रदर्शनीमा विभिन्न जातका फूल, आकर्षक गमला, फूल खेतीका लागि आवश्यक पर्ने औजार राखिएका छन् ।
बिहीबारदेखि सुरु भएको मेला यही कात्तिक ११ गतेसम्म जारी रहनेछ।
केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।
Source: Gorkhapatraonline
प्रतिक्रिया