कुमाल समुदायको स्थानीय भाषा, संस्कृति र परम्परा लोपन्मुख अवस्थामा

पर्वतको कुश्माका कुमाल समुदायको भाषा, संस्कृति, परम्परा, मौलिक सीप र कलाकौशलता लोपन्मुख अवस्थामा पुगेको बताएका छन् । आफ्नो समुदायको स्थानीयपन भाषा सस्कृतिक गुम्ने खतरा बढेपछि आफ्नो अस्तित्व जोगाउन उनीहरुलाई हम्मेहम्मे परेका छन् । अल्पसङ्ख्यक र लोपोन्मुख जातिमा पर्ने कुमाल जाति अहिले विस्थापित हुँदै गएका छन् ।

उनीहरु करिब ५ सय वर्षदेखस् पर्वतको सदरमुकाम कुश्मा नगरपालिकामा बस्दै आएका  बसोवास गर्दै आएको अनुमान गरिएको छ । बाइसेचौबिसे राजाका पालादेखि बसोवास गर्दै आएको भनिएका कुमाल समुदाय कुश्माका भूपति मात्रै नभई माटाका भाँडाकुडा बनाउनमा गण्डकी क्षेत्रमै ख्याति प्राप्त छन् । कुमाल समुदायका अगुवा कुमालका अनुसार कुश्मा बजार क्षेत्रमा रहेको कुमाल टोलमा २० घरधुरी छ भने नगरपालिकाभर जम्मा २६ घरधुरी छ ।

६१ वर्षे लिलाबहादुर कुमालले हाम्रा पुर्खाहरू गाउँकै मुखिया भएको तर अहिले आफ्नो पेशा र मौलिक संस्कृति गुमाउनु परेको बताउनुहुन्छ ।

पुर्खाको आफ्नै सीप, कला र संस्कृतिका कारण आफ्नै पहिचान थियो । स्थानीय सरकारले पनि कुमाल समुदायका अधिकारका पक्षमा कुनै उपयुक्त सहयोग नगरेको उनीहरु बताउछन् ।

कुश्मा नगरपालिका वडा ५ मा नजिकै ल्लिा प्रशासन कार्यालय भन्दा केहीमाथि देखि तल्लो वडा गाउँसम्मको पुरै भूभाग कुमाल समुदायले भोगचलन गर्दै आएको इतिहास छ । त्यति मात्रै नभई अहिलेको वडा ६ मा पर्ने फिल्म चोक क्षेत्रसहित तल्लो बजार क्षेत्रको धेरै भुभाग कुमालहरूकै स्वामित्वमा थियो । राजेश कुमालका अनुसार पहिले कुमालहरूले अहिलेको कुश्मा वडा ४ स्थित गुप्तेश्वर बहुमुखी क्याम्पस भन्दा केही माथि माझमेलाबाट चाम्रो माटो र दाउरा ल्याई भाँडाकुडा बनाउँथे । यहाँका कुमालहरूले बनाउने घैटा, हाडी, गलैचा, पैनी, खोतिला, आरी, भुड्का, पाला लगायत माटाका भाँडाकुडाँहरू बाग्लुङ, म्याग्दी, मुस्ताङको मुक्तिनाथसम्म बिक्री हुने गर्दथे।

कुमाल समुदायका युवा पुस्ताले आफ्नो कला, सीप र संस्कृति भुल्दै गएको भनी स्थानीय युवा रामकिस्न कुमाल चिन्ता व्यक्त गर्नुहुन्छ । एक महिने कुमाल भाषा शिक्षा को पठनपाठन गराइदा थोरै भए पनि राम्रो प्रभाव पर्ने उनीहरुको माग रहेको छ ।

राजनीतिक, सामाजिक र व्यावसायिक क्षेत्रमा खासै पहुँच नभएका यहाँका कुमाल समुदायमा जम्मा दुई जनाले स्नातक पास गरेका छन् ।

मोतिलाल कुमालका पुर्खा मुखिया कुमालहरु सवैभन्दा पुराना हुन् । चन्द्रकोटे र धुवाँकोटे कुमालहरु केही पछि आएको मानिन्थे । भुरेटाकुरे राजाका पालामा बोटे समुदायसँगै कुमाल समुदायलाई ल्याएको उनीहरुको भनाई छ ।

कालीगण्डकीमा पुल नहुँदा डुंगाबाट वारपार गर्नेक्रममा कुमालहरु माटाका भाँडाकुँडा बनाउने ल्याउन गर्दा पर्वतको कुश्मा पुगेको भनाई छ ।

पर्वतको कुश्मामा कुमालहरु रहेको गाउँ भएको हुँदा कुश्मा नाम रहन गएको हो भन्ने तर्कहरु पनि गरेको पाईन्छ । स्थानीय निकायसँग कुमाल जातिको आर्थिक अवस्था, जनसंख्या लगायतको एकीन खोजी र तथ्यांक समेत छैन ।

प्रतिक्रिया