विश्व

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाको पहिलो बैठक भर्चियुलमा

भर्जिनिया, अमेरिका - अन्तर्राष्ट्रिय पत्रकार महासंङ्घ अमेरिका -Federation of International Journalist, America – FIJA) को कार्य समितिको पहिलो बैठक भर्चियुलमा  गरिएको छ ।  महासङ्घका अध्यक्ष रामप्रसाद खनालको अध्यक्षतामा अमेरिकाका विभिन्न शहरहरू, नेपाल, क्यानाडा सम्मका सल्लाहकारहरू, पदाधिकारी तथा बोर्ड अफ डाइरेक्टरहरूको अनलाइईन तथा भिडियो उपस्थितिमा पहिलो बैठक गरिएको हो ।  बैठकमा वरिष्ठ पत्रकार योगेश उपाध्याय, पुरुषोत्तम दाहाल, डा बाल कृष्ण चापागाईँ, पुरु घिमिरे, विजय घिमिरे लगाएतका सल्लाहकारहरूले संस्थाको आगामी नयाँ बाटो तय गरी अगाडी बढ्ने भन्ने विषयमा गहन सुझावहरु प्रस्तुत गर्नुभयो ।