काठमाडौँ — एउटा फ्रान्सेली उखान छ– अम्लेट बनाउने हो भने अन्डा फोर्नै पर्छ । यथास्थितिवादको विरोधी भनेर चिनिएका फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले आफ्नो देशको प्रसिद्ध उखानलाई हालै चरितार्थ गरिदिएका छन्– एक युवा नेतालाई हालै प्रधानमन्त्रीमा नियुक्त गरेर । भर्खरै ३४ वर्ष पुगेका गाब्रियल अट्टललाई गरेको नियुक्तिको आश्चर्यले मानिसहरूका आँखीभौं खुम्चिएका छन् ।