राम सिंहको म्युजिक भिडियो ‘मलाई छेक्यो तिम्रै मायाले’ आउँदै

मलाई छेक्यो तिम्रै मायाले’

न्यूयोर्क । गायक राम सिंहको शब्द, संगीत र आवाजमा सजिएको ‘मलाई छेक्यो तिम्रै मायाले’ छिट्टै बजारमा आउने भएको छ । 
योगेशकाजी शाहको संगीत संयोजन रहेको सो गीतको म्युजिक भिडियोको निर्देशन गम्भीर बिष्टले गरेका हुन् । सो भिडियोमा राम सिंह, योगेशकाजी शाह, स्मृति श्रेष्ठ, अनिता पराजुली र सिर्जना किराती लगायतको अभिनय रहेको छ । पवन सुशलिङले क्यामेर चलाएको सो म्युजिक भिडियो मायाप्रेममा आधारित रहेको छ । 
सिंहको पहिलो गीत वि.सं २०५३ सालमा रेकर्ड भएको थियो । उनको अस्मिता अधिकारीसँग ‘जाउ कतै तिमी र म’ मेलिना राईसँग ‘पाइला पाइलामा माया’ बजारमा आइसकेको छ । त्यस्तै रचना रिमालसँग ‘पानीको तिर्खा’ र समीक्षा अधिकारीसँग ‘मुगलिङ सिन्धुलीको बाटो’ लगायतका म्युजिक भिडियो बजारमा आउँदैछ । 
सिंहको संगीतमा पनि विभिन्नि गीतहरु सार्वजनिक भइसकेका छन् । उनले संगीत भरेका गीतहरु नेपालका चर्चित गायकहरु अन्जना गुरुङ, कन्हैया सिंह, तिलक बम मल्ल, बीरबहादुर गुरुङ, दीपा राई लगायतको आवाजमा सार्वजनिक भएको छ । 
सिंहले बासुरी वादकको रुपमा पनि पहिचान बनाएका छन् । बहुमुखी प्रतिभाका धनी सिंहले विभिन्न पुरस्कार तथा सम्मान प्राप्त गरेका छन् । 
प्युठानमा जन्मिएका सिंहको स्थायी बासस्थान नवलपरासी हो । हाल हवाई विश्वविद्यालयबाट मानवशास्त्रमा स्नातक गरेका उनी गीत संगीतले समाज र मानव समुदायलाई प्रत्यक्षतः प्रभाव पार्ने धारणा राख्छन् 

प्रतिक्रिया