२६ चैत्र २०८१ , बुधवार

विश्व

NRN को अध्यक्ष पदका लागि ७ लाख रुपैयाँ मनोनयन शुल्क निर्धारण

गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)को मे ३–५, २०२५ मा काठमाडौँमा आयोजना हुन गइरहेको एकता महाधिवेशनको अध्यक्ष पदको उम्मेदवार बन्नका लागि ७ लाख रुपैयाँ मनोनयन शुल्क तोकिएको छ ।  सर्वोच्च अदालतद्वारा गठित उच्चस्तरीय समितिको १३ औँ बैठकले उम्मेदवार बन्नका लागि मनोनयन शुल्क निर्धारण गरेपछि अध्यक्ष पदका लागि ७ लाख रुपैया तोकिएको हो ।  यसैगरी उपाध्यक्ष पदका लागि ५ लाख रुपैयाँ तय गरिएको छ भने महासचिवको उम्मेदवार बन्न ४ लाख रुपैयाँ मनोनयन शुल्क तिर्नु पर्ने उच्चस्तरीय समितिकी सदस्यसचिव जानकी गुरुङले बताउनुभयो ।