एनआरएनएको उच्चस्तरीय समितिले २०२५ को मे ३ देखी ५ सम्म काठमाडौँमा आयोजना गरिने महाधिवेशनको भव्य तयारी गरेको छ ।
काठमाडौँमा आगामी २०८२ वैशाख २० देखि २२ गते सम्म (मे ३–५, २०२५) एकताको महाधिवेशन आयोजना गर्ने मिति तोकेर काम अघि बढाइएको आयोजक समितिले जनाएको हो ।
सर्वोेच्चको दुईवटा अलग अलग फैसलाका सवालमा फरक फरक व्याख्या र विश्लेषण भइरहँदा एकताको महाधिवेशन गराएर संघलाई नयाँ र वैधानिक लयमा फर्काउन आफुले सक्दो प्रयास गरि रहेको मुल आयोजक समितिका संयोजक डा. शेष घलेले बताउनभयो ।
डा.शेष घलेले गैर आवासीय नेपाली संघ(एनआरएनए) आईसीसीमा सन् २०१३ देखि दुई कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हालिसक्नु भएकोछ । संघभित्र सन् २०२१ सम्पन्न १० औं महाधिवेशनबाट उत्पन्न विवादले ११ औं महाधिवेशनसम्म संघ विभाजित अवस्थामा पुगेपछि सर्वोच्च अदालतको आदेश र परराष्ट्र मन्त्रालयको निर्देशन अनुसार डा.घलेलाई एकताको महाधिवेशन गराउने जिम्मेवारी थपिएको हो । डा.घलेसहित १३ सदस्यीय उच्चस्तरीय समिति समेत बनेको छ ।
अदालतको फैसला आएको त करिब १० महिना भयो हामीले अदालतको निर्देशनअनुसार काम गरिरहेका हौं, उहाँले भन्नुभयो, “खुशीका साथ काम गरिरहेका छौं ” ।
उहाँले बद्री केसी नेतृत्वको आइसीसीले अक्टोबर २०२५ मा छुट्टै महाधिवेशन गर्ने तयारी गरिरहेको कुरा विधान सम्मत नभएपनि सामाजिक कामका दृष्टिले उहाँहरुले गतिविधि गरिरहनु भएको कुराहरु नराम्रो होइन भन्नुभयो ।
यद्यपी उहाँले सुरुका दिनदेखि बद्री केसीसँग सल्लाह गर्ने र इन्फरमेशन सेयरिङ गर्दै घरमै बोलाएर राय सल्लाह लिएको बताउनुभयो । डा. घलेले एकताको अधिवेशनपछि ब्रान्ड न्यू कन्टिच्यूसन (संस्थाको विधान) तयार गर्ने र एनआरएनएलाई डेमोक्र्टाइज गर्ने सोंच रहेको जानकारी गराउनुभयो
संस्थालाई प्रजातान्त्रिकरण गर्ने र सुधार गर्ने बाटो एकताको महाधिवेशन नै हो उहाँले भन्नुभयो ।
प्रतिक्रिया