असोज २२, २०८१ आतङ्कवादी संगठनले आक्रमण गरेको भन्दै इजरायल सरकारले हज्जारौँ निर्दोष प्यालेस्टाइनी र लेबनानी जनताको ज्यान लिएको र लाखौँलाई देश निकाला घटनाप्रति दुःख व्यक्त गर्दै बाट नेपाली जनताले प्रेस वत्तव्य सार्वजनिक गरेका छन् । गाजा क्षेत्रबाट मात्रै १९ लाख प्यालेस्टाइनी अर्थात त्यस क्षेत्रको ८५ प्रतिशत जनसंख्यालाई आफ्नो घर र मातृभूमि छोडेर बिस्थापित हुन बाध्य बनाइएको घटना, एक्काइसौँ सताब्दीकै सबैभन्दा ठूलो जातीय नरसंहार, जातीय सफाइ एबम् चरम अमानवीय भएको भन्दै घटनाको घोर निन्दा एवम् भर्त्सना गरेको हो । संयुक्त राष्ट्र संघले एक सूचना सार्वजनिक गर्दै गतः बर्ष ७ अक्टोबरयता ७० प्रतिशत महिला र केटाकेटी सहित २४ हजार भन्दा ज्यादा निर्दोष प्यालेस्टाइनी जनता मारिएको जनाएको छ ।