असोज २२, २०८१
आतङ्कवादी संगठनले आक्रमण गरेको भन्दै इजरायल सरकारले हज्जारौँ निर्दोष प्यालेस्टाइनी र लेबनानी जनताको ज्यान लिएको र लाखौँलाई देश निकाला घटनाप्रति दुःख व्यक्त गर्दै बाट नेपाली जनताले प्रेस वत्तव्य सार्वजनिक गरेका छन् ।
गाजा क्षेत्रबाट मात्रै १९ लाख प्यालेस्टाइनी अर्थात त्यस क्षेत्रको ८५ प्रतिशत जनसंख्यालाई आफ्नो घर र मातृभूमि छोडेर बिस्थापित हुन बाध्य बनाइएको घटना, एक्काइसौँ सताब्दीकै सबैभन्दा ठूलो जातीय नरसंहार, जातीय सफाइ एबम् चरम अमानवीय भएको भन्दै घटनाको घोर निन्दा एवम् भर्त्सना गरेको हो ।
संयुक्त राष्ट्र संघले एक सूचना सार्वजनिक गर्दै गतः बर्ष ७ अक्टोबरयता ७० प्रतिशत महिला र केटाकेटी सहित २४ हजार भन्दा ज्यादा निर्दोष प्यालेस्टाइनी जनता मारिएको जनाएको छ ।
समग्र प्यालेस्टाइन प्यालेस्टिनी जनताको युगौँदेखिको आफ्नो मातृभूमि हो । परन्तु बिभिन्न कारणले राज्यविहीन भएका युरोपका यहुदीहरूलाई राज्य प्रदान गर्ने ध्येयले सुरुमा १९२० को दशकको प्रारम्भमा तात्कालीन विश्व महाशक्ति ब्रिटीश उपनिवेशवादले शक्तिकै आड्मा प्यालेस्टाइनलाई टुक्र्याएर नयाँ यहुदी राज्यका रुपमा ‘इजरायल’ खडा गर्ने जमर्को गरेको थियो । दोस्रो विश्व युद्धपछि सन् १९४७ मा संयुक्त राष्ट्र संघले प्यालेस्टाइनबाट इजरायली भूमि छुट्ट्याइ दिएपछि सन् १९४८ मा इजरायल आधिकारिक रुपमा जन्मिएको थियो ।
प्यालेस्टाइनी जनताको तीब्र बिरोधका बाबजुद त्यतिबेला छुट्ट्याइएको त्यही सीमामा मात्र इजरायल शान्तिपूर्वक रहेको भए ‘दुई राज्य र सहअस्तित्वको सिद्धान्त’लाई ढिलो छिटो स्विकार्न विश्व जनमतलाई त्यति गाहो हुने थिएन । तर उदीयमान महाशक्ति अमेरिकाको उक्साहट र पृष्ठपोषणमा इजरायलको यहुदी सरकार भीषण दमन र राज्य आतङ्कको सहाराले योजनाबद्ध ढंगले प्यालेस्टाइनी भूमि बलपूर्वक खोस्दै–खुम्च्याउँदै, प्यालेस्टाइनी जनतालाई आफ्नै भूमिबाट बिस्थापित गराउँदै आफ्नो सीमा विस्तारको कार्यमा लाग्यो । अहिले त ऊ लेबनानमाथि समेत आक्रमण गर्न अघि सरेको छ । युद्धले पुरै मध्यपूर्वलाई प्रभाव पार्ने आँकलन गरिएको छ ।
विज्ञप्तिमा अमेरिकाको हातहतियारजन्य रणनीतिक आडभरोसा र इजरायल सरकारको विस्तारवादी मानसिकता नै मध्यपूर्वमा आजको द्वन्द्वको मूल श्रोत भएको बताईएको छ । इजरायलको यो घृणित विस्तारवादी परियोजनालाई साथ दिने कुनै पनि शक्ति÷महाशक्तिप्रति हामी घोर खेद प्रकट गर्दछौँ, विज्ञप्तिमा उल्लेख छ ।
साथै प्यालेस्टाइनी तथा लेबनानी जनताको सार्वभौम अधिकारको सम्मान गर्दै र उनीहरूको न्यायपूर्ण आवाजप्रति गहिरो ऐक्यबद्धता जनाउँदै इजरायलले गरेको क्रुर अमानवीय युद्ध तुरुन्त बन्द गर्न अपिल गरिएको छ ।
नेपालीले इजरायलको यो बर्बतापूर्ण हिंसाको बिरुद्ध प्यालेस्टाइनी तथा लेबनानी जनताका पक्षमा देशको मत अभिब्यक्त गर्न, नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । युद्ध चलिरहुञ्जेल श्रमको सिलसिलामा इजरायल र लेबनान गएका नेपालीको जीवन रक्षाको लागि बेलैमा उनीहरूलाई नेपाल फर्काउने कदम चाल्न पनि हामी नेपाल सरकारलाई अपील गर्दछौ । साथै, संयुक्त वत्तव्यले न्याय र शान्तिको पक्षमा उठेको विश्वब्यापी आवाज, अन्तर्राष्ट्रिय नियम मर्यादाको उल्लंघन गर्ने इजरायल सरकारलाई सशक्त रुपमा आवश्यक कारबाही गर्न समेत संयुृक्त राष्ट्र संघलाई आह्वान गरेको छ ।
प्रतिक्रिया