नवोदित गायक करण परियारको पहिलो म्यूजिक भिडियो सार्वजनिक

नेपाल आईडल सिजन ५ का विजेता

न्यू योर्क / काठमाण्डू । 
नेपाली साँगितिक आकासमा अर्थात म्यूजिक भिडियोको दुनिँयामा अर्काे एउटा संगीतको उदय भएको छ । तिम्रो आँखाबाट संसार हेर्न मन छ । कहिलेकाही आफ्नो मनले नदेखेको आकाशको तारा अरुको आँखाबाट र मनबाट भेट्न सकिन्छ । यही भावको गीत सहितको म्यूजिक भिडियो नेपाली साँगितिक बजामा आईपूगेको छ । संगीत क्षेत्रमा एक पछि अर्का गायक, गीतकार, संगीतकार र कलाकारहरु उदाईरहेका छन् । 

यतिखेर गायन कलामा अव्बल, नेपाल आईडल सिजन ५ का विजेता उदयीमान गायक करण परियारको पहिलो म्यूजिक भिडियो सार्वजनिक भएको छ । 
तिमीलाई माया गर्ने एउटा मन छ, “तिम्रो आँखाबाट संसार हेर्न मन छ” बोलको गीतमा गायक करण परियारको आफ्नै युट्युबाट अक्टोवर १ तारिखका दिन असार्बजनिक गरिएको हो । 

उक्त म्यूजिक भिडियोमा गायक स्वयंले म्यूजिक भिडियोमा मुख्य पात्र मोडल बनेर अभिनय गर्नुभएको छ । गायक परियारको यो पहिलो अभिनित म्यूजिक भिडियो हो । गायकको आफ्नै सुमधुर गलामा कला थपिएको म्यूजिक भिडियोमा संयोजन अमेरिका बासी शशी सिंहले गर्नुभएको छ । उक्त म्यूजिक भिडियोमा अमेरिका स्थित अधिकाँश शुभचिन्तकहरुले आर्थिक तथा प्राविधिक सहयोगको चाँजोपाँजो मिलाउनुभएको थियो । 

उक्त म्यूजिक भिडियो सामाजिक अभियन्ता तथा पत्रकार प्रदिप परियार थापाको शव्द रचना रहेको छ भने प्रसिद्ध संगीतकार, संगीतका मणी शम्भूजित बास्कोटाले संगीतको अनगिन्ती राग भर्नु भएको छ । म्यूजिक भिडियोमा नबोदित उदयीमान गायक करण परियार र सोह्र वर्षीय किशोरी गायिका जारा रीत प्रसाईको युगल स्वर रहेको छ । गायीका जारा रीत प्रसाई संगीतरत्न बास्कोटाकी नातिनी हुनुहुन्छ । 

म्यूजिक भिडियोमा गायक करण परियार मोडलको भूमिकामा प्रमुख हुनुहुन्छ भने चर्चित बहिरा कलाकार मोडल, नायिका सुजल बम, गायिका जारा रीत प्रसाई र गायिका, मोडल एवं अन्तर्राष्ट्रीय स्वर्ण पदक विजेता तेक्वाण्डो खेलाडी नन्दा बस्यालहरुले पनि अभिनय गर्नुभएको छ । उक्त म्यूजिक भिडियोको निर्देशन चर्चित कोरियोग्राफर मौसम हिमालीको रहेको छ । 

मौसम हिमालीले हालसम्म बहुचर्चित म्यूजिक भिडियोहरू कश्मिरे पछ्यौरी, आईन आमा ओई, रिमै, डाँडा घरे साँईली, कहाँको साईनो, जाम भो माईली, घर कता हो बैनीको, झरनाको चिसो पानी, ए हो र माया, ए आमा जाम भन्यो मलाई लगायतका पन्ध्र सयभन्दा बढी म्यूजिक भिडियोहरूमा निर्देशन र नृत्य कोरियोग्राफी गर्नुभईकेको छ । 
तर प्रसिद्ध संगीतकार संगीतका मणी शम्भूजित बास्कोटाको भने अहिलेसम्म ३५० भन्दा बढी नेपाली चलचित्रहरूमा संगित भर्नुभएको छ । अठार सयभन्दा बढी गीतहरूमा म्यूजिक कम्पोज गर्नुभएको छ । वरिष्ठ संगीतकार बास्कोटा नेपाल संगीत तथा नाट्य प्रतिष्ठानको पूर्व उपकूलपति र नेपाल आईडल सुजन ४ का निर्णायक पनि हुनुहुन्छ । उहाँलाई सांगितिक क्षेत्रका मेलोडी किंग, गोल्डन टच, पारशमणि र संगीतरत्न भनेर समेत सम्वोधन चिनिन्छ । 

https://youtu.be/lYnRJHmWqvA?t=9

https://youtu.be/lYnRJHmWqvA?t=11 

 

प्रतिक्रिया