अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका (FIJA) गठन, अध्यक्षमा रामप्रसाद खनाल

वाशिङ्टन डिसी, अमेरिका, 

अमेरिकामा अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका स्थापना भएको छ । पेशागत पत्रकारहरूको स्वतन्त्र, साझा, र छाता सङ्गठनका रूपमा अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका Federation of International Journalist, America– FIJA  अमेरिकामा दर्ता गरिएको हो । 

अमेरिकाको प्रचलित नियम कानुन अनुसार स्थापित र गठित संस्था अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका Federation of International Journalist, America– FIJA को प्रधान कार्यालय भर्जिनिया, अमेरिकामा रहने छ । यसैगरी विश्वका विभिन्न देशहरूमा शाखा हरू स्थापना गर्ने तयारी महासङ्घको छ ।

कान्तिपुर राष्ट्रिय दैनिकका संस्थापक प्रधान सम्पादक एवं अग्रज पत्रकार योगेश उपाध्याय, हिमालय टाइम्स राष्ट्रिय दैनिकका प्रधान सम्पादक, नेपालवाणी, राष्ट्रपुकारका पूर्वप्रधान सम्पादक एवं राससका पूर्वअध्यक्ष तथा महाप्रबन्धक अग्रज पत्रकार प्रा.पुरुषोत्तम दाहाल, मोफसलका अग्रज पत्रकार, दैनिक पत्र, जन संघर्ष, स्वाधीनका प्रधान सम्पादक एवं राससका पूर्वअध्यक्ष डा.बालकृष्ण चापागाईँ, यसैगरी गोरखापत्र संस्थान तथा राससका पूर्वअध्यक्ष, जनहित, विमर्शका पूर्वसम्पादक, अग्रज पत्रकार पुरु घिमिरे, कान्तिपुर दैनिकदेखि विभिन्न मिडियाहरू हुँदै हाल हिमालय खबरका प्रधान सम्पादकसमेत रहनुभएका वरिष्ठ पत्रकार विजय घिमिरे महासंघको सल्लाहकार रहनुभएको छ । 

अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिकाको नवगठित कार्य समितिले वरिष्ठ पत्रकार, गायक तथा कलाकार रामप्रसाद खनाललाई सर्बसहमत अध्यक्षमा छानेको छ । वरिष्ठ पत्रकार, तथा गायक खनाल नेपाल मदर डट कमका प्रधान सम्पादक, एभेन्ज्युज खबर टेलिभिजनका अमेरिका सम्पादक हुनुहुन्छ भने, रेडियो नेपाल, नेपाल टेलिभिजन, विभिन्न राष्ट्रिय स्तरका पत्र पत्रिका र अन्य मिडियाहरूका पूर्वप्रधान सम्पादक समेत भई कार्य गर्नुभएको अनुभव रहेको छ । 

महासंघको उपाध्यक्षमा क्रमशः अन्नपूर्ण राष्ट्रिय दैनिकका प्रधान सम्पादक, लोकपत्र देखि विभिन्न पत्र पत्रिकामा लामो समयदेखि पत्रकारिता गरेका वरिष्ठ पत्रकार अखण्ड भण्डारी, योहो टेलिभिजनका प्रमुख, समकालीनदेखि धेरै मिडियाहरूमा लामो समय पत्रकारिता गर्दै आउनुभएका वरिष्ठ पत्रकार जीवराम भण्डारी, एभिन्युज खबर टेलिभिजनका समाचार प्रमुख, कैयौं टेलिभिजनहरू, पत्र पत्रपत्रिका सम्पादकको रूपमा काम गर्नुभएका वरिष्ठ पत्रकार केदार कोइराला र नेपाल समाचार पत्रकाका पूर्वसम्पादक, जनता टेलिभिजनका समाचार प्रमुख, कैयौं पत्रपत्रिकाका सम्पादक रहिसक्नुभएका वरिष्ठ पत्रकार टंक पन्त छानिनुभएको छ । यसैगरी उपाध्यक्षमा पत्रकारितामा लामो समयदेखि क्रियाशील पत्रकार, अमेरिकाबाट प्रकाशित नेपलिज डायस्पोराका प्रधान सम्पादक सतिश चापागाईँ रहनुभएको छ ।  

यसैगरी महासंघको महासचिवमा स्वतन्त्र पत्रकार, खोज पत्रकारिताका धरोहर, माइक्रोसफ्टका सफ्टवेयर इन्जिनियरसमेत रहनुभएका पत्रकार टंक दाहाल छानिनुभएको छ भने सचिवमा विभिन्न राष्ट्रिय दैनिकहरू, अनलाइनहरूदेखि स्वतन्त्र पत्रकारितामा पनि उत्तिकै क्रियाशील वरिष्ठ पत्रकार अनिल अधिकारी रहनुभएको छ । कोषाध्यक्षमा कलाकारसमेत रहनुभएका सक्रिय युवा पत्रकार, डिसी नेपालका अमेरिका ब्युरो चिफ अर्जुन दाहाल छानिनुभएको छ ।

यसै गरी अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाको बोर्ड अफ डाइरेक्टरमा लामो समय देखी पत्रकारितामा संलग्न, इनेप्लिज डट कमका प्रधान सम्पादक एबम वरिष्ठ पत्रकार विश्वराज थापा, बुटवल टुडे राष्ट्रिय दैनिकका प्रबन्ध सम्पादक, विगत लामो समय देखी पत्रकारिता र सूचना प्रविधिको क्षेत्रमा काम गर्दै आएका क्यानका पूर्व अध्यक्ष, हाल Asian-Ocean Computing Industry Organization का उपाध्यक्ष समेत रहेका वरिष्ठ पत्रकार नवराज कुँवर, विभिन्न राष्ट्रिय दैनिकहरू, अनलाइनहरू देखी स्वतन्त्र पत्रकारितामा पनि उत्तिकै क्रियाशील वरिष्ठ पत्रकार दिनेश कार्की, गोरखापत्रमा सह सम्पादकका रूपमा २०५० साल देखी कार्यरत, अमेरिका आइसके पछि पनि विभिन्न पत्रपत्रिकामा कलम चलाइरहेका वरिष्ठ पत्रकार कृष्णराज खनाल पनि बोर्ड अफ डाइरेक्टरमा छानिनु भएको छ ।

क्यानाडाबाट विगत २० वर्ष देखी नमस्ते रेडियो र कार्यक्रम सञ्चालन गर्दै आउनु भएका वरिष्ठ पत्रकार अनिल थापा, लामो समय देखी विभिन्न मिडियाहरूमा काम गर्दै आउनु भएका र विशेष गरी चलचित्र, कलाकारिता सम्बन्धी पत्रकारितामा निपुण सक्रिय युवा पत्रकार सुमन दाहाल, अस्ट्रेलियाबाट देशान्तर देखी अन्य मिडियाहरूमा काम गरेका अर्का पुराना पत्रकार सुरेन्द्र सापकोटा पनि बोर्ड अफ डाइरेक्टरमा छानिनु भएको छ ।

सबै महादेशहरू बाट प्रतिनिधित्व हुने गरी अन्तर्राष्ट्रिय पत्रकार महासङ्घलाई पूर्णता दिइने छ । केही समय भित्रै नेपाल, बेलायत, अस्ट्रेलिया, जापान, क्यानाडा लगायतका देशहरूमा शाखा निर्माण गरिने छ भने यसै गरी अन्य देशहरूमा पनि शाखा बिस्तार गरिँदै लगिने योजना छ । 

त्यस का लागि सम्बन्धित देशहरूमा रहेका पत्रकारहरूलाई fijaheadquarters@gmail.com मा सम्पर्क गर्न आग्रह गरिएको छ । त्यसै गरी अन्य देशहरूमा पनि अन्तर्राष्ट्रिय पत्रकार महासङ्घका देश स्तरीय शाखाहरू स्थापना गरिने छन जहाँ पेशागत पत्रकारहरू रहनेछन । अन्तर्राष्ट्रिय पत्रकार महासङ्घको बारेमा, यसका गतिविधिहरू यसको वेबसाइटमा पनि समावेश गरिँदै लगिने अन्तर्राष्ट्रिय पत्रकार महासङ्घले जनाएको छ ।     

पेशागत पत्रकारहरूको स्वतन्त्र, साझा, र छाता सङ्गठनका रूपमा अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका Federation of International Journalist, America– FIJA  ले नेपाली पत्रकारहरूलाई मात्र होइन विभिन्न देशका पत्रकारहरूलाई समेट्दै जाने र जुन सुकै देशको पेशागत पत्रकार पनि यसमा आबद्ध हुन पाउने विधानमा व्यवस्था गरिएको छ ।    
 

प्रतिक्रिया