सिमान्तकृत समुदाय

‘पूर्व साँसदहरुले खेलेको भूमिकाले संसदीय अभ्यासलाई थप प्रभावकारी बनाउछ’

काठमाडौं । संसदीय अभ्यासमा प्रभावकारी प्रस्तुतीकरण गर्न पूर्व साँसदहरुको अनुभवले महत्वपूर्ण भूमिका खेल्ने बागमती प्रदेशसभा सदस्यहरुले बताउनुभएको छ । जागरण मिडिया सेन्टरले बिहीबार काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशसभाका सदस्य तथा पूर्व प्रदेशसभाका सदस्यहरु बीच अनुभव आदनप्रदान कार्यक्रममा संसदीय अभ्यासलाई प्रभावकारी प्रस्तुतीकरण गर्न पूर्व साँसदले खेलेको भूमिका वर्तमान साँसदलाई सिकाईको रुपमा लिने सकिने बताउनुभएको थियो । बागमती प्रदेशको प्रदेश मामिला समितिका पूर्व सभापति माधव पौडेलले प्रदेशसभाको  अभ्यासले वर्तमान साँसदहरुलाई सिकाई रुपमा लिनुपर्ने बताउनुभयो । प्रदेशका संरचना बलियो बनाउन आवश्यक रहेको उहाँले बताउनुभयो ।