सरकारको नीति तथा योजना आयोगको उपाध्यक्षमा गणेश विके ।

सुदुरपश्चिम प्रदेश सरकारको नीति तथा योजना आयोगको उपाध्यक्ष पदमा नियुक्त

दलित तथा मानव अधिकारकर्मी गणेश विश्वकर्मा सुदूरपश्चिम प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्ष पदमा नियूक्त हुनुभएको छ ।  
सुदुर पश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले अधिकारकर्मी विश्वकर्मालाई आयोगको उपाध्यक्षमा नियुक्त गर्नुभएको हो । 
नियुत्तीपछि अधिकारकर्मी गणेश विश्वकमालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको छ । सुदुरपश्चिम प्रदेश सरकारको नीति तथा योजना आयोगको उपाध्यक्ष पदमा नियुक्त भएपछि उपाध्यक्ष विश्वकर्माले सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्रीज्यूलाई हार्दिक धन्यवाद दिनुभएको छ । 

प्रोत्साहनकार्यमा सिफारिश गरेको भन्दै आफ्नो फेसवुमार्फत उहाँले (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री कमरेड माधवकुमार नेपाललाई पनि धन्यवाद दिनुभएको छ । त्यसैगरी नेकपा  सुदूरपश्चिम पार्टी इन्चार्ज कमरेड गरिमा शाह, सुदूरपश्चिम पार्टी अध्यक्ष कमरेड हर्कबहादुर सिंह तथा पार्टीका सम्पूर्ण नेताहरुलाई पनि धन्यवाद दिनुभएको छ । 

नियुक्तीपछि विभिन्न माध्यमबाट बधाई तथा शुभकामना दिनुहुने शुभेच्छुकहरुप्रति पनि आभा। व्यक्त गर्नुभएको छ ।  उहाँले यस पदमा रहेर आफ्नो दक्षत र कार्यक्षमताले भ्याएसम्म सम्पूर्ण रुपमा योगदान गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ । 

उहाँ प्रदेशस्तरीय संबैधानिक आयोगमा दलित समुदायबाट नियुक्त हुनुभएको उहाँ पहिलो व्यत्ति हो । लामो समयदेखी दलित अधिकार, मानव अधिकार र भुमिहिन सुकुम्वासी र हलिया हरैया चरवाको मुक्ति आन्दोलनमा अनवरत लाग्दै आउनुभएको छ । 

उहाँ सुदुरपश्चिमको वझाङ हदै कैलालीबाट मानवअधिकार नागरिक र सामाजिक र राजनीतिक आन्दोलनको नेतृत्व गर्नुभएको हो । उहाँ प्रखर निष्ठावान र प्रतिवद्ध बौद्धिक नेता पनि हुनुहुन्छ । 
साथै उहाँ राष्ट्रिय दलित नेटवर्क, कैलाली धनगढीका संस्थापक पनि हो । 
 

प्रतिक्रिया