सिमान्तकृत समुदाय

अम्बेडकर पथमा राहुल गान्धी

हिरा विश्वकर्मा  अहिले भारतीय टिभी च्यानल सोनीमा रामायणको सिरियल चलिरहेको छ । खासगरी रामायण र केही हदसम्म महाभारत यस्तो कथा भएको छ जुन भारतीय धार्मिक तथा मनोरञ्जनको उद्योगमा एउटा सर्वकालिक कथा तथा सामग्री हो । यी दुवै महाकाव्यहरू हरेक वर्ष जसो कुनै न कुनै रूपमा चाहे त्यो टिभीको सिरियलको रूपमा होस् वा चलचित्र, त्यहाँका फिल्म उद्योगीहरूले देखाइरहेका हुन्छन् । यसो हुनुमा यी कथाहरू भारतीय तथा केही हदसम्म नेपालीहरूको जीवनमा समेत गहिरो छाप छोडेकोले हो भन्दा अत्युक्ति हुँदैन । भारतमा तथा केही हदसम्म नेपालका धार्मिक कथावाचकहरूको पनि कथा वाचनको मुख्य स्रोत यिनै दुई धर्मगन्थ्रहरू रहेका छन् । अर्थात् भनौं भारतमा यी दुई कथाले अर्बौं, खर्बौंको व्यापार गरिरहेका हुन्छन् । यस्तो हुनुमा के कारण होला, यो विभिन्न विषयका अध्येताहरूको खोजको विषय हुनुपर्छ र भइरहनेछ ।