प्रेम सेन्चुरीको म्यूजिक भिडियो ‘माया सारिदेऊ’ सार्वजनिक

न्युयोर्क । गायक तथा संगीतकार प्रेम सेन्चुरीको म्यूजिक भिडियो ‘माया सारिदेऊ’ सार्वजनिक भएको छ । म्यूजिक भिडियो ‘माया सारिदेऊ’ युट्युबमार्फत सार्वजनिक गरिएको हो । नेपाली संगीतीतक आकासमा अनवरत योगदान गर्दै आउनुका प्रेम सेन्चुरीको यो अर्काे नयाँ प्रस्तुती हो । 
गीतले भावनात्मक गहिरो स्पर्श र प्रभाव छाड्ने खाल्को रहेकोले नेपाली सांगीतिक क्षेत्रमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ । 

यस गीतमा डीपी खनालको शव्द रचना रहेको छ भने प्रेम सेन्चुरी र सञ्जिता बरालको सुमधुर स्वर सुन्न पाईन्छ । राजु सिंहको उत्कृष्ट संगीतमा बिमल बुढाथोकीले संगीत संयोजन गर्नुभएको छ । म्यूजिक गीतको भिडियामा प्रेमील कथा र सुन्दर दृश्यहरु देख्न पाईन्छ । 

‘माया सारिदेऊ’ गीतको भिडियोले प्रेमका विभिन्न पक्षहरूलाई मार्मिक ढंगले प्रस्तुत गरिएको छ । भिडियोको मुख्य भूमिकामा बिक्की पुलामी र अस्मिता जुरेली रहनुभएको छ । समुद्री किनारको मनमोहक दृश्य, अस्ताउँदो सूर्यको सौन्दर्य, प्रेमील– जोडीको भावनात्मक सम्बन्धलाई यस भिडियोले आकर्षण गर्दछ । 
गोविन्द राईले निर्देशन तथा कोरियोग्राफी गर्नुभएको म्यूजिक भिडियोको सम्पादन कार्य निशान घिमिरेले गर्नु भएको छ । दृश्यलाई थप जीवन्त बनाएका छन्।

प्रेम सेन्चुरीको संगीत यात्रा : 

गायक प्रेम सेन्चुरी नेपाली संगीतिक क्षेत्रका अनुभवी एक उज्जल नक्षेत्र हुनुहुन्छ । उहाँले दर्जनौं उत्कृष्ट गीतहरू गाएर सांगीतिक यात्रालाई लोकप्रिय र जिवन्त बनाउने काममा योगदान दिनुभएको छ । 
उहाँका गीतहरूले मौलिकता, गीतका अन्तरवस्तु भावना र गहिरो संगीत संयोजनले श्रोताका मन जित्न सफल भएको छ । उहाँको पछिल्लो गीतमा समर्पण, चाहना, र संवेदनशीलतालाई सुन्दर शब्द तथा संगीतको माध्यमबाट प्रस्तुत गरिएको छ । 
‘माया सारिदेऊ’ गीत प्रेमको विभिन्न आयामहरूलाई उजागर गर्नेछ ।
 

प्रतिक्रिया