५ भदौ, काठमाडौं । उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले नेपाली कांग्रेसका मन्त्रीहरुसँग छलफल गरेका छन् । सरकारमा कांग्रेसको नेतृत्व गरेका खड्काले मंगलबार पार्टीबाट मन्त्री बनेका नेताहरुसँग रक्षा मन्त्रालयमा छलफल गरेका हुन् । क्यानडा भ्रमणमा रहेका कारण अर्थमन्त्री डा. प्रकाशशरण महत भने सहभागी भएनन् । छलफलमा सरकारको काम कारबाहीको विषयमा कुराकानी भएको एक मन्त्रीले जानकारी दिए ।