डा. पूर्ण नेपाली श्रीलंकाको राजदूतमा सिफारिस हुनुभएको छ । नेपाल सरकारको बिहीबार बसेको मन्त्रिपरिषद बैठकले कपिलवस्तुका डा. पूर्ण नेपालीलाई श्रीलंकाको राजदूतमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो । ‘दलित समुदायबाट प्रतिनिधित्व हुने गरी श्रीलंकाको आवासीय राजदूतमा सिफारिस गरिएको छ,’ नेपाल सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरूङले भन्नुभयो । नेपाली अब नेपालीबारे संसदीय सुनुवाइ समितिमा सुनुवाइ हुनेछ।