राजनीति

टीआरसीमा प्रधानमन्त्रीलाई सभामुखको जवाफ : दलीय सहमति जुटाउनुस्

२१ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक (टीआरसी)लाई अगाडि बढाउने विषयमा सभामुख देवराज घिमिरेको सहयोग मागेका छन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन-२०७१ लाई संशोधन गर्न बनेको विगत विधेयक ६ महिनादेखि प्रतिनिधि सभामा विचाराधीन छ ।