एमाले लुम्बिनी अधिवेशनमा सहमतिको सम्भावना न्यून, मतदान भोलि

एमाले लुम्बिनी अधिवेशनमा सहमतिको सम्भावना न्यून, मतदान भोलि

१७ भदौ, बुटवल । अध्यक्षका दाबेदारहरुबीच सहमति जुट्न नसक्दा नेकपा एमाले लुम्बिनी प्रदेश अधिवेशन मतदान प्रक्रियातर्फ बढेको छ । अध्यक्ष पदमा पाल्पाका राधाकृष्ण कँडेल र प्युठानका हरि रिजाल दाबेदार छन् ।

 

कंडेल एक वर्षअघि गठन भएको प्रदेश अध्यक्ष हुन् भने रिजाल पूर्वप्रदेश मन्त्री एवं एमाले केन्द्रीय सदस्य हुन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन समारोह र आइतबार बिहान बन्द सत्रमा पनि सहमतिबाट नेतृत्व चयन गर्न आग्रह गरेका थिए ।

तर कसैले पनि दाबी नछोडेपछि सहमतिको सम्भावना करिब टरेको नेताहरु बताउँछन् । रिजाललाई पार्टी महासचिव शंकर पोखरेल निकटका नेताहरु प्रदेश सांसदहरु चेतनारायण आचार्य, भूमिश्वर ढकाल, शिवराज सुवेदी लगायतले समर्थन गरेका छन् ।

 

उपाध्यक्ष विष्णुप्रसाद पौडेल निकट नेताहरुले कँडेललाई दोहोर्‍याउने प्रयास गरिरहेका छन् । उनीहरुले एक वर्ष मात्र तदर्थ समितिको नेतृत्व गरेकाले कँडेललाई एकपटक अवसर दिनुपर्ने तर्क गरिरहेका छन् । यद्यपि कँडेलले आफ्नो गुट नभएको दाबी गरेका छन् ।

Reference :  https://www.onlinekhabar.com

 

प्रतिक्रिया