परम्परागत छोइछिटोबाट फड्को मारेर जातीय विभेद/छुवाछूत, हत्या र हिंसामा रूपान्तरित भइरहेका छन् । नवराज विक लगायतको हत्या, जुम्लामा दलितको घरमा आगजनी र बझाङमा घर भत्काइएको घटनाबाट यो तथ्य उजागर हुन्छ । यूएनको एक प्रतिवेदनअनुसार ९७ प्रतिशत मानिसले समाजमा विभेद रहेको स्वीकार गरेका छन् । घर, आँगन, धारा–पँधेरा, मठमन्दिर, स्कुल, बिहे–व्रतबन्ध, मृत्यु संस्कार तथा भोजभतेरमा कुनै न कुनै रूपमा छुवाछूत, अपमान, तिरस्कार, कुटपिट, बहिष्कार नभोग्ने दलित करिब भेटिँदैनन् ।