विचार

बदनाम पितृसत्ताबारे एक फरक दृष्टिकोण

श्याम नेपाल नारीवादी विचारधाराहरू प्रायः पितृसत्तालाई महिलाहरूको पीडा र अधीनस्थताको जडको रूपमा चित्रित गर्छन् । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान र महिला सशक्तीकरणका उद्देश्यहरू मार्फत पितृसत्ता विरुद्ध आवाज उठाउने प्रयास भइरहेका छन् । यद्यपि; नेपाल जस्ता देशहरू, जहाँ पितृसत्ताको प्रभाव अझै पनि गहिरो छ, यी अभियानहरूले केवल महिलाका अधिकार र समावेशिता मात्र नभएर पुरुषको सोच र व्यवहारमा पनि परिवर्तनको आवश्यकता औंल्याएका छन् ।