विचार

यौन श्रमिकको संरक्षण कसले गर्ने ?

हामीलाई ठाउँ खै, हाम्रो पहिचान खै, हामीलाई न्याय खै ?’ जस्ता सार्वभौमिकता र अस्तित्वसँग गाँसिएका अनेक प्रश्न लिएर केही दिनअघि काठमाडौंमा यौन श्रमिक भेला भएका थिए । बंगलादेश, भारत, नेपाल र श्रीलंकाबाट आएका उनीहरूले मार्च पास मात्र गरेनन्, यौन श्रमसँग सरोकार राख्ने सैद्धान्तिक बहस पनि गरे । आफ्नो श्रमलाई निरापराधीकरण गर्न पैरवी गरे । यो क्षेत्रीय स्तरको भेटका अवसर उनीहरूले विश्व सामाजिक मञ्चमार्फत जुराएका थिए । मञ्चको नेपाल संस्करण प्रमुख कहलिएकाहरूले यी श्रमिकका मुद्दा कति उठाए भन्नेबारे समग्र मञ्चको आयोजनाको समीक्षामा जोडिने होला । तर यौन श्रमिकले आफ्ना सञ्जाल र सदस्यसँग आफ्ना मुद्दामा छलफल गर्ने मेलोचाहिँ मिलाएका थिए ।