काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ मा विदेश जाने युवाको संख्याले नयाँ रेकर्ड कायम गरेको छ । वैदेशिक रोजगार विभागका अनुसार नौ वर्षअघिको रेकर्ड यसवर्ष तोडिएको हो । आर्थिक वर्ष २०७१/७२ वैदेशिक रोजगारीमा जानेको संख्या ६ लाख ९३ हजार ३२ जना रहेकोमा चालू आर्थिक वर्ष सकिन १५ दिन बाँकी छदै १७ असारसम्ममा ७ लाख ४० हजार ८३९ जना वैदेशिक रोजगारी गइसकेको विभागले जानकारी दिएको छ ।