यी मुलुकमा जाने नेपाली श्रमिकको क्वारेण्टिनको खर्च रोजगारदाताले व्यहोर्नुपर्ने

साउदी अरबमा रोजगारीका लागि जाने नेपाली श्रमिकको क्वारेण्टिन वापतको रकम रोजगारदाताले व्यहोर्नु पर्ने भएको साउदी अरब स्थित नेपाली दूतावासले जनाएको छ । साउदी अरबमा जाने श्रमिकहरुको संस्थागत क्वारेण्टिनको खर्च सम्बन्धित रोजगारदाताले व्यहोर्ने औपचारिक जानकारी साउदी सरकारबाट प्राप्त भएको दूतावासले जानकारी दिएको छ ।

सात दिनको संस्थागत क्वारेण्टिन वापतको करिव ३ हजार ५ सय साउदी रियाल खर्च लाग्ने बुझिएपछि दूतावासले साउदी सरकारसँग नेपाली श्रमिकले संस्थागत क्वारेण्टिनको खर्च तिर्नु नपर्ने व्यवस्था गरिदिन अनुरोध गरेको दूतावासले जनाएको छ ।

https://hamrakhabar.com/headline/36856/

प्रतिक्रिया