महामारीमा म्यानपावरलाई टिक्नै सकस, तीन सयले छाडे व्यवसाय
६ साउन, काठमाडौं । कोभिड-१९को महामारीले वैदेशिक रोजगार व्यवसायलाई पनि संकटतिर धकेलेको छ । नेपाली श्रमिकलाई विदेश पठाउँदा ठगी गरेको भन्दै सधैं आलोचित हुने यो क्षेत्रका अधिकांश व्यवसायी महामारी सुरु भएयता आर्थिक तथा व्यवसायिक संकटमा छन् ।
दुई वर्ष अघिसम्म सबभन्दा चाँडो आर्थिक उपार्जन हुने मानिएको यो व्यवसायलाई महामारीले थला बसाइदिएको छ ।
प्रमुख श्रम गन्तव्य मुलुकहरु नै महामारीबाट प्रभावित हुँदा त्यहाँको आर्थिक क्रियाकलाप खुम्चिएको छ । कोरोनाको पहिलो लहरपछि केही चलायमान भएका अर्थतन्त्रहरु पनि अहिले दोस्रो लहरबाट आक्रान्त छ । यसले गर्दा व्यवसायीहरु श्रमिकको माग नै ल्याउन सकेका छैनन् ।
https://www.onlinekhabar.com/2021/07/987063
प्रतिक्रिया