कला कौशल र सीपले सम्पन्न दलित समुदाय उत्पीडन र जातीय भेदभाव तथा छुवाछूतका कारण समाजबाट सधै वहिष्करणमा पारिए । उनीहरुलाई खानपीन उठबस, विहे व्रतबन्ध तथा सामाजिक कर्म काण्डका संस्कारबाट सधै छोईछिटोमा पारियो । राजनीतिक परिवर्तनका लागि सधै ढाल बनाइएका दलितहरुको सामाजिक परिवर्तन र उत्थान सधै उल्झनमा रह्या्े । खानपीन र उठबसमा छोईछिटो बार्ने समाज विहेवारीमा अन्तरजातिय विवाह त झन सबैठूलो तँगारो बन्यो । भातभान्सा र विहेबारी मात्रै हैन माया पनि विटुलो हुने गरेको छ ।
दलित समुदायमाथीको विभेदमा आधारित समसायिक मुद्धाका अन्तरवस्तुमा पत्रकार तथा लेखक सुशिल दर्नालको माया पनि विटुलो पुस्तक सार्वजनिक भएको छ । पस्तकको सभामुख देवराज घिमिरेले विमोचन गर्नुभएको हो । लेखक तथा पत्रकार राष्ट्रिय समाचार समिति (रासस)कार्यरत हुनुन्छ ।
पुस्तकमा दलित समुदायको उत्पत्ति, इतिहास, सो समुदायको पुर्ख्यौली पेसा र समुदायले भोग्दै आएको जातीय भेदभाव तथा छुवाछुतको समस्या, दलित समुदायको आर्थिक, राजनीतिक समस्या, दलित र गैरदलितबिच हुने अन्तरजातीय विवाह, अन्तरजातींय प्रेम सम्बन्ध र जातीय कारणले प्रेम सम्बन्ध वा विवाहमा आउने समस्याहरु उठान गरिएको छ ।
यसैगरी, पुस्तकमा दलित समुदायभित्र पनि गन्धर्व समुदायको अवस्था, जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन, २०६८ को कार्यान्वयनको अवस्था, दलित समुदायले पाउँदै आएको आरक्षण, अन्तरजातीय प्रेम सम्बन्ध र जातीयताकै कारण सफल हुन नसकेको प्रेम कथा, सार्क मुलुकमा दलित समुदायभित्र पनि दलित महिलाले भोग्नुपरेको समस्या, अछुत भएर बाँच्नुपर्ने दलित समुदायको पिडा, बादी महिला र उनीहरूको संघर्षको कथा–व्यथाहरु पनि छन् ।
लेखक तथा पत्रकार दर्नालका अनुसार, पुस्तकमा इतिहास रच्ने दलित नेपाली महिला, संसदमा दलित प्रतिनिधित्वको अवस्था, निजामती सेवामा दलित महिलाको अवस्था, दलितका लागि समावेशीकरण, अन्तर्राष्ट्रिय जातीय तथा रंगभेद उन्मूलन, दलित समुदायको अधिकारका लागि युवा सम्मेलन र त्यसले पारेको प्रभाव र दलित समुदायका सांसदसँगको अन्तर्वार्ताहरु पनि समेटिएको छ ।
विगत डेढ दशकदेखि राससमा काम गर्दै आउनुभएका पत्रकार दर्नालले यसअघि ‘राससमा दलित समुदायको प्रतिनिधित्व र विषयवस्तु’ नामक अनुसन्धानमूलक पुस्तक लेखिसक्नु भएको छ ।
पत्रकार दर्नाल् पूर्वाञ्चल विश्वविद्यालयबाट आमसञ्चार तथा पत्रकारितामा ‘गोल्ड मेडलिष्ट हुनुहुन्छ ।
प्रतिक्रिया