अर्थतन्त्र

नेप्सेमा सामान्य सुधार, कारोबार रकम १ अर्बभन्दा मुनि

११ भदौ, काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको सामान्य वृद्धि भएको छ । साताको दोस्रो कारोबार दिन सोमबार बजार परिसूचक नेप्से ५.०९ अंकले वृद्धि हुँदा १९९८.४८ को विन्दुमा बन्द भएको छ । गत बिहीबार र आइतबार लगातार दुई कारोबार दिन गिरावट भएको नेप्से सोमबार भने सामान्य वृद्धि देखिएको हो ।