नेप्सेमा १.०८ प्रतिशतको गिरावट, कारोबार रकम निरन्तर घट्दै

नेप्सेमा १.०८ प्रतिशतको गिरावट, कारोबार रकम निरन्तर घट्दै

३ भदौ, काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा १ प्रतिशत भन्दा बढीको गिरावट भएको छ । साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक नेप्से २१.९९ अंकले गिरावट हुँदा २०११.१४ को विन्दुमा बन्द भएको छ । जुन गत बिहीबारको तुलनामा १.०८ प्रतिशतले घटेको हो ।

 

१ भदौदेखि लागू हुने निक्षेपको ब्याजदर अधिकांश बैंकले बढाउँदा लगानीकर्ता थप निराश भएका हुन् । लगातार ३ दिन घटेर गत बिहीबार सामान्य बढेको नेप्से आइतबार पनि गिरावट भएको छ ।

नेप्सेमा आइतबार सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको हो । हाइड्रोपावर उपसूचक सर्वाधिक २.३४ प्रतिशतले गिरावट हुँदा होटल तथा पर्यटन उपसूचक १.८५ प्रतिशतले गिरावट भएको छ । यस्तै बैंकिङ उपसूचक ०.२८ प्रतिशतले गिरावट भएको छ ।

 

नेप्सेसँगै कारोबार रकम पनि गिरावट हुँदै गएको छ । लगातार २ अर्ब माथिको कारोबार भएको बजारमा गत बुधबारदेखि कारोबार २ अर्बभन्दा तल झरेको थियो । गत बुधबार १ अर्ब ६७ करोड र बिहीबार १ अर्ब ५२ करोडको कारोबार भएको बजारमा आइतबार कारोबार रकम घटेर डेढ अर्बबाट पनि तल झरेको हो । आइतबार १ अर्ब ४४ करोड ७४ लाख रुपैयाँमा झरेको

Reference : https://www.onlinekhabar.com/

प्रतिक्रिया