अर्थतन्त्र नियमनमा निर्मम, सुधारमा अनुदार

अर्थतन्त्र नियमनमा निर्मम, सुधारमा अनुदार

व्यवसायीको मनोबलमा गिरावट, उच्च ब्याजदर, निर्माणमा सुस्तता, विदेशी लगानी र अनुदानमा कमी, घट्दो निर्यात, कर्जा मागमा कमीलगायत समस्या समाधानमा सरकारको बेवास्ता, घरजग्गाको कित्ताकाट खोलेपछि बजार चलायमान हुने दाबी

काठमाडौँ — पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहाल, अर्थमन्त्री प्रकाशशरण महत र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठलगायतले ‘जग्गाको कित्ताकाट खुला भएसँगै’ अर्थतन्त्र चलायमान हुने दाबी गर्दै आएका छन् । कित्ताकाट खुलाउने निर्णय गर्नसमेत सरकारलाई झन्डै पाँच महिना लागेको थियो ।

सरकारले गत वैशाख ५ मै कित्ताकाट खुलेको बताए पनि त्यसको ठोस निर्णय भने साउन २९ मा मात्रै भएको हो । यसले बजार चलायमान हुने दाबी सरकारले गरिरहे पनि अधिक नियमन र नियन्त्रणकारी नीति तथा मानसिकताकै कारण शिथिल अर्थतन्त्रले गति लिन नसक्ने अर्थविद्हरूले बताएका छन् । कित्ताकाट खुला हुँदा घरजग्गा किनबेच बढ्ने भएकाले केही चहलपहल बढे पनि उक्त निर्णय मात्र अर्थतन्त्रको बाधा–अवरोध हटाउन पर्याप्त नहुने उनीहरूको भनाइ छ ।

Reference :  https://ekantipur.com/news

प्रतिक्रिया