बाढी पहिरोको विपत्तिमा जनधनको क्षति : कहाँ कति ?

आश्विन २० गते काठमाडौं । 
पछिल्लो विपत्तिले काठमाडौं लगाएत मुलुकका अधिकाँश भागहरु बाढी पहिरोले क्षतिग्रस्त बनायो । नेपाल सरकार गृहमन्त्रालयको पछिल्लो आँकडाका अनुसार बाढी पहिरोबाट मात्रै हालसम्म २ सय ४४ जनाको ज्यान गयो । सयौ घाईते भए । कति घरपरिवारको विचल्ली भयो । कति त विस्थापित भए । कति खति भए कति, हर हिसाब गरि साध्य छैन । वेला वेलाका विपत्तिले यसरी नै विध्वंश मच्चाउदै आएको छ । कतिको नरसंहार गरेको छ । कहिले बाढी पहिरो, कहिले भूकम्प र आगलागी, चट्यांग । कहिले सडक तथा हवाई दुर्घटना । यस्ता प्राकृतिक र गैरप्राकृतिक विपदका कारण ठूलो परिणाममा जनधनको क्षति हुदै आएको छ ।  
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार आश्विन १२ गतेको पछिल्ला बाढीपहिरोले २ सय ४४ जनाको मृत्यु भएको देखिन्छ । अझै १८ जना हरार्ईरहेका छन् । १ सय ७८ जना घाइते भए । बाढी पहिरोमा परेका १७ हजार १ सय २० जना प्रभावितहरुको उद्धार गरियो । यस विपत्तिमा ठाउँ ठाउँमा सडक राजमार्गहरु अवरुद्ध भए । जस्को तत्काल मर्मत सम्म्भार गरी यातायात सञ्चालन गर्न हम्मे हम्मे भयो । विभिन्न जिल्लाका गरी ११ सडकहरुका ३० वटा खण्ड अझै अवरुद्ध छन् । 
काभ्रेको भकुन्डेबेंसीबाट तिमाल खैरेनीको मध्यपहाडी लोकमार्ग तथा रामेछापको सित्खा पुलबाटबाट सुनकोसी नदी पार गरी बीपी राजमार्ग निस्कने छोटो दुरीको वैकल्पिक सडक वल्ल वल्ल सञ्चालन आयो ।
अविरल वर्षाका कारण बाढीले काठमाडौं डुवायो । ललितपुर नखिपोटमा खोलाले ४ जना बगायो । रामेछापको मन्थली विमानस्थल जलमग्न हुन पुग्यो । दोलखाको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँध क्षेत्रका संरचनामा पहिरोले क्षति पुर्यायो । पहिरोले ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन समेत बन्द हुन पुग्यो । पहिरोका कारण तनहुँका एक दर्जन ठाउँमा सडकहरु अवरुद्ध भए । सिन्धुलीको खुर्कोट बसपार्क र मुल्कोट बजार डुबानमा पर्यो । बीपी राजमार्गको करिब ६० मिटर सडक रोशी खोलाको बाढीले बगाउदा, यातायात ठप्प भयो । प्रतिकुल मौसमका कारण हवाई उडानहरु समेत प्रभावित भए । 
वर्षात सकिने वेला भएको अविरल बर्षाका कारण लुम्बिनी प्रदेशका ८ जिल्लाका १७ स्थानमा औसत भन्दा बढी वर्षा भयो । त पाल्पामा सबै भन्दा बढी वर्षा भयो । मौसम विभागको पाल्पाको निस्दी गाउँपालिका–६ अर्चलेस्थित जल मापन केन्द्रले पछिल्लो २४ घण्टामा ३४९ दशमलव ४ मिलिमिटर वर्षा भएको रेकर्ड गरेको थियो । 
भारी बर्षाले तुलसीपुर–सल्यान सडक पनि भासियो । केही समय सवारी आवागमन ठप्प भए । सन्धिखर्क–गोरुसिंगे सडक पनि पहिरोले अवरुद्ध भयो । हेटौंडा–काठमाडौं जोड्ने सबै सडक मार्ग पनि अवरुद्ध भए । जहाँ त्रिभुवन राजपथ, कान्ति लोकपथ, कुलेखानी–फाखेल, कुलेखानी–सिस्नेरी सडकहरु पनि बाँकी रहेनन् । बाढी पहिरोले अरनिको र बीपी राजमार्ग पनि रोकियो । नारायणी नदीमा आएको बाढीले गैंडाकोटको सुकुम्बासी बस्ती र बोटे टोलका एक सय घर डुबानमा परे । बाढीपहिरोले काभ्रेका ९२ विद्यालयमा क्षति भएको थियो । बाढीपहिरोमा परेर काभ्रेमा मात्रै ७७ जनाको मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार, काभ्रेमा ३३ जना महिला, २८ जना पुरुष , ९ जना बालक र ७ जना बालिका गरी हालसम्म ७७ जनाको मृत्यु भएको छ ।  
यसअघि मनसुनी विपद्ले गत जेठ २८ देखि साउन २३ गते बुधबारसम्म १ सय ६७ जनाको मृत्यु भईसकेको देखिन्छ । त्यतिन्जेल सम्मको विपद्मा परी ५० जना बेपत्ता भएका थिए । ४ हजार २ सय ७२ परिवार विस्थापित भएका थिए । साउन २२ र २३ गतेको बर्षाका बाढी पहिरोले कर्णाली राजमार्ग र सगरमाथा लोकमार्ग अवरुद्ध भएको थियो । 
लगत्तै गत आश्विन १२ गते आएको अविरल बर्षा पछिको बाढीपहिरोले नौ दिनदेखि अवरुद्ध कुलेखानी– सिस्नेरी– दक्षिणकाली –काठमाडौँ सडक भर्खरै संचालनमा आएको छ । बाढीबाट बागमती सिँचाइ आयोजनामा १० करोड ४० लाख बराबरको क्षति पुगेको छ । तमोर करिडोर को नावा खोलाको अवरोध खुलेपछि त्यस क्षेत्रमा सवारी आवागमनमा सहज हुन थालेको छ । त्यसैगरी भकुण्डे–तेमाल मेच्छेपौवा बाटो पनि खुल्दै गएको छ । हेटौंडा–भीमफेदी–कुलेखानी–फाखेल–फर्पिङ सडक पनि सञ्चालनमा हुने भएको छ । 
गृहमन्त्री रमेश लेखक का अनुसार अहिले सरकार खोज तथा उद्धार, राहत, उपचार र सडक सुचारु गर्ने काम गरिरहेको छ । अहिले पुनस्थापना राहत र पुननिर्माणका कार्यहरु गर्न सरकार लागि परिरहेको छ । तर यस्ता विपत्तिमा हुने जनधनको क्षति घटनाउन सरकार तथा नागरिक संघसंगठन र संघसंस्थाको पुर्व तयारी र सामानाका कार्यहरु अझै नपुगेको देखिन्छ । विपत्तिपछि मात्रै गरिने प्रतिकार्य र पुनस्थापन राहत र उद्धार कार्यले क्षति मात्रै हैन ठुलो धनराशी खर्च गराउने निश्चित छ । 
अहिले नेपाल बिमा प्राधिकरणका अनुसार बाढीपहिरोको विपदले क्षति पुर्यादा साढे २ अर्बको बिमा दाबी गरिएको छ । यही असोज १० देखि परेको अविरल वर्षाले पु¥याएको क्षतिमध्ये गत बुधबारसम्म करिब २ अर्ब ६७ करोड ७२ लाख रुपैयाँबराबरको बिमा दाबी परेको छ । त्यसैले वेलैमा पूर्व तयारी र आकस्मिक तयारीका योजना निर्माण गर्न र सामना र अनुकलन सम्बन्धमा जनचेतनाका कार्यक्रमहरु बढि भन्दा बढी गरौं । 

प्रतिक्रिया