जलवायु परिवर्तनका कारण ७ करोडभन्दा बढी मानिस क्यान्सरको जोखिममा

जलवायु-परिवर्तन

काठमाडौं ।  जलवायु संकटका कारण मानिसमा क्यान्सर रोगको जोखिम बढ्दै गएको छ । जलवायु संकटले निम्त्याएको दुषित पानीका कारण बंगलादेशका ७ करोड बढी मानिस क्यान्सरको उच्च जोखिममा रहेको एक अध्ययनले देखाएको छ ।

समुद्री सतह बढ्नु, अनपेक्षित बाढि र विषम मौसमका कारण बढ्दो जलवायु घटनाले बंगलादेशमा आर्सनिक नामक खतरनाक विषात्त तत्व उत्सर्जन गरिरहेको र उक्त तत्व खानेपानीमा मिसिएको वैज्ञानिकहरुले बताएका छन् ।

उक्त अध्ययनका अनुसार आर्सनिक तत्वका कारण बंगलादेशका लाखौ मानिसमा छाला, पिसाव थैली र फोक्सोमा क्यान्सरको समस्या देखिएकोसमेत देखिएको छ ।

वैज्ञानिक एवम् नर्विच युनिभर्सिटी अन्तर्गत रसायनशास्त्र विभागका प्राध्यापकले गार्डियनसँग भनेका छन्, ‘अध्ययन हेर्दा करिब ७ करोड ८० लाख मानिस कुनै न कुनै किसिमको क्यान्सरको जोखिममा छन् भने झन्डै ९ लाख बंगलादेशी फोक्सो र पिसावथैलीको क्यान्सरबाट मृत्यु हुने अध्ययनको अनुमान छ ।’

जलवायु संकटले निम्त्याएको पानीजन्य रोगसम्बन्धि बंगलादेशका वैज्ञानिकहरुद्धारा गरिएको अध्ययन रिपोर्ट बुधबार प्लोस वान् नामक जर्नलमा प्रकाशित भएको छ ।

द गार्डियनबाट 

प्रतिक्रिया