१८ साउन, काठमाडौं । नेपालमा बसेर सूचना प्रविधिसम्बन्धी सेवा निर्यात गरिरहेका एक जना दक्ष आईटी प्रोफेसनलहरुले वार्षिक औसत २० लाख रुपैयाँभन्दा बढी मुलुकमा भित्र्याउने गरेका छन् । सर्वाङ्गीण विकास अध्ययन केन्द्र (आईआईडीएस)ले गरेको एक अध्ययनले दक्ष आईटी फ्रिलान्सरहरुले औसतमा वार्षिक १५ हजार ३ सय २२ अमेरिकी डलरबराबरको सेवा निर्यात गर्ने देखाएको हो ।