वास्तविक पीडितले नपाउँदा घर अलपत्र, घाँस र बिरुवा पलाए खोटाङ — दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँको गुरुङडाँडामा भूकम्प पीडितका लागि भनेर बनेका घर वनमारा, घाँस, उत्तिसका बिरुवाले ढाक्न थालेका छन् । पाँच वर्ष पहिले घर पुनःनिर्माण गरिएको हो । वास्तविक पीडितभन्दा आसेपासे र राजनीतिक पहुँचवालाका नाममा ती घर बनाइएपछि प्रयोगविहीन बनेका हुन् ।