समाचार

सेती प्रादेशिक अस्पतालमा सुत्केरीको मृत्यु

१८ भदौ, धनगढी । सेती प्रादेशिक अस्पतालमा सुत्केरीको मृत्यु भएको छ । बच्चा जन्मिने समय नहुँदै व्यथाले च्यापेपछि प्रादेशिक अस्पताल भर्ना भएकी जोशीपुर गाउँपालिका–४ लालपुर वाणी बस्ने २५ वर्षीया राधा परियारको मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यायले बताए ।