समाचार

‘जस्टिस फर सारुक’ लेख्दै नम्रताले भनिन्– मेरो मौनतालाई कमजोरी नठान्नुस्

काठमाडौं । अभिनेत्री नम्रता श्रेष्ठले अभिनेता सारुक ताम्राकारको मृत्यु प्रकरणमा पहिलो पटक मुख खोलेकी छन् । सोमबार फेसबुकमा लामो स्टाटस लेख्दै उनले आफू महिला भएकै कारण सामाजिक आक्रमण भएको उल्लेख गरेकी छन् । उनले आफ्नो मौनतालाई कमजोरी नठान्न अपिल समेत गरेकी छन् । सारुकको मृत्यु प्रकरणमा आफूले प्रहरी प्रशासनमा उपस्थित भएर बयान दिइसकेको भन्दै नम्रताले सारुकप्रति न्यायको माग गर्दै ‘जस्टिस फर सारुक’ लेखेकी छन् ।