समाचार

गौशाला धर्मशालाबारे मारवाडी समुदायद्धारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

असोज २९,वीरगन्ज ।  पशुपति गौशाला धर्मशालामाथिको हस्तक्षेप रोक्न माग गर्दै मारवाडी समुदायले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । मारवाडी समुदायका विभिन्न संघसंगठनहरुले वीरगन्जमा प्रदर्शन गरेको शान्तिपूर्ण जुलुशले  पर्साका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पनि बुझाएका हुन् । वीरगन्जका मारवाडी समुदायले मंगलबार वीरगन्जमा गौशालास्थित धर्मशालामाथी हस्तक्षेप भएको भन्दै वीरगञ्जमा शान्तिपूर्ण विरोध प्रदर्शन गरेका थिए ।  पशुपति क्षेत्र विकास कोष र काठमाडौं महानगरपालिकाको काठमाडौंको गौशाला धर्मशालालाई मारवाडीको अस्तित्वबाट मुक्त गरेको थियो ।  मारवाडी समाज सेवक संघ, मारवाडी सेवा ट्रष्ट, टिबडेवाल धमार्थ ट्रष्ट, वीरगन्ज–जीतपुर गौशाला, जैन श्वेताम्भर सभा र महेश्वरी समाज वीरगन्जले संयुक्तरूपमा आदर्शनगरस्थित राणीसती धर्मशालाबाट शान्तिपूर्ण जुलुश निकालेर जिल्ल प्रशासन कार्यालयमा पुगेर ज्ञापनपत्र बुझाएका हुन् ।