४ कात्तिक, काठमाडौं ।
गृहमन्त्री रमेश लेखकले ट्राफिक उल्लंघन रेकर्ड सिस्टम (टिभिआरएस) को ई–चलान (डिजिटल चिट)को उद्घाटन गर्नुभएको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजना गरिएको कार्यक्रममा गृहमन्त्री लेखकले ट्राफिकको (डिजिटल चिट) को उद्घाटन गर्नुभएको हो ।
काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकले अब डिजिटल चिट पाउनेछन् ।
राज्यका सम्पूर्ण सेवालाई प्रविधिमैत्री बनाउने गरी सरकारले ‘कोही पनि नागरिकले सरकारी सेवा सरल ढङ्गबाट प्राप्त गर्न सकून्, कुनै जटिलता, अपारदर्शीता र भ्रष्टाचार नहोस्, सेवाग्राहीले सहजै सेवा प्राप्त गर्न गरुन् भन्ने उद्देश्यका साथ सरकार अघि बढिरहेको छ।’ गृहमन्त्री लेखकले भन्नुभयो ।
वर्तमान सरकार प्रविधियुक्त प्रशासन बनाउन केन्द्रित भएको जानकारी दिँदै उहाँले प्रविधिको प्रयोग गरी पूर्णसुशासनयुक्त मुलुक बनाउने बाटोमा अघि बढ्ने स्पष्ट पार्नुभयो ।
अहिले सडक नियम उल्लङ्घन गरेको अवस्थामा डिजिटल माध्यमबाट सवारी चालकलाई कारबाही र तत्कालै जरिवाना तिर्न सकिने व्यवस्था कार्यान्वयनमा आएको छ ।
बर्सेनि सडक दुर्घटनाबाट ठूलो जनधनको क्षति न्यूनीकरणमा ध्यान दिदै सरकारले डिजिटल प्रविधीबाट चिट काट्ने प्रविधी सुरु गरेको हो ।
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले न्यून साधनस्रोतको उपलब्धताका बीच पनि ट्राफिक प्रहरीले सडक व्यवस्थापन र यात्रु सुरक्षालाई प्रभावकारी बनाउँदै आएको बताउनुभयो ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक भरत बोहराले अत्याधिक सवारी चाप, सीमित सडक सञ्जाल, सडक नियम पालना नगर्ने प्रवृत्तिलगायतले ट्राफिक व्यवस्थापनमा चुनौती थपेको छ भन्नुभयो ।
उक्त डिजिटल चिटमा उल्लेखित जरिवाना रकम सवारी चालकहरूले डिजिटल पेमेन्ट वालेटमार्फत तत्काल भुक्तानी गर्न सक्नेछन् ।
पहिलो चरणमा काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लामा डिजिटल चिटको कार्यान्वय कार्यान्वयन हुनेछ । यसका लागि सरकारले ट्राफिक प्रहरीलाई छुट्टै डिभाइस उपलब्ध गराइसकिएको ट्राफिक कार्यालयले जनाएको छ ।
प्रतिक्रिया